दरबाङ्गमा प्रथम मालिका महोत्सव हुने

विकल्प न्यूज/बेनी
चैत १० गते ।

 म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा पहिलो पटक एतिहासिक प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो ।

मलिका गाउँपालिका भित्रका स्थानीय कला सास्कृतीको जर्गेना तथा विकास, पर्यटनको प्रवद्धन, पर्यटकीष्य स्थल मालिका धुरी, भाले बास्ने ताल, देउताभिर गुफा, तालहरुको प्रचार–प्रसार गर्नका लागि महोत्सवको आयोजना गरिएको उद्योग बाणिज्य संघ मालिका ईकाइका अध्यक्ष लेक बहादुर पुनले बताउनुभयो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पुनले पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

कोरोनाका कारण थलिएको यहाँको पर्यटन र ब्यापार ब्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरेका र्छौँ’ पुनले भन्नुभयो, महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने विस्वास लिएका छौँ ।

महोत्सवमा पुरुष÷महिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले बताए । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमश ः रु. ७५ हजार, ५० हजार र ३० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः रु. ७० हजार, ५० हजार र ३० हजार, महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश रु. ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमश रु. १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ÷छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच ÷पाँच हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।

लोकगायक खड्ग गर्बुजा, कुमार पुन लगायत कलाकारहरुको प्रस्तुत महोत्सवको थप आकर्षण हो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले ओझेलमा परेका प्राकृतिक स्थल, कला, संस्कृति र खेलप्रतिभाको उजागरका साथै पर्यटन प्रर्वद्धन गरि कोरोनाले थला परेको ग्रामिण क्षेत्रको ब्यापार ब्यवसायलाई चलायमान पार्न महोत्सवले सहयोग गर्ने बताउनुभयो ।

मालिका धुरि, दुरलेक, देबिस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाइखर्क ताल लगायतका पर्यटकीय स्थल छन् । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नेे महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ ।

रु. ३३ लाख आम्दानी र २८ लाख खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गरिने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेल र म्याग्दी उद्योग बाणिज्य संघका सदस्य गोपालप्रसाद रेग्मीले पनि महोत्सवलाई सफल बनाउन सवैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो । कोरोना भाइसर कोभिड १९ को कारण गत बर्ष देखि म्याग्दीमा कुनै पनि महोत्सव आयोजना गरिएको छैन । यो पहिलो महोत्सव हो ।