विकल्प न्यूज/बेन
चैत ६ गते ।
नयाँ वर्ष २०७८ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन ’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो ।
बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा उत्सव आयोजना गरिने शुक्रबार विहान प्रतिष्ठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको थियो ।
ग्रामिण भेगमा लुकेका प्रतिभालाई बाहिर ल्याउनुका साथै लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोक साँस्कृतिक उत्सवको आयोजना गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमितिका अध्यक्ष तथा कार्यक्रम मुल संयोजक देवेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।
उत्सवमा पालिका स्तरीय लोकदोरी गीत प्रतियोगिता र खुल्ला एकल लोकनृत्य प्रतियोगिता राखिएको कलाकार अमित विश्वकर्माले जानकारी दिनुभयो । पालिका स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुनेलाई क्रमशः ५० हजार,३०हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । यसै गरी खुल्ला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुनेलाई क्रमशः १० हजार,७ हजार र ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
उत्सवका अवसरमा लोकदोहोरीका क्षेत्रमा योगदान पु¥याएका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको अध्यक्ष घिमिरेले बताउनुभयो । यसैगरी उत्सवका अवसरमा विभिन्न जातजातिका झाँकी प्रदर्शन,चर्चित कलाकारहरुको दोहोरी गीत,हाँस्यव्यङ्य तथा विविध साँस्कृतिक कार्यक्रम राखिएको विश्वकर्माले जानकारी दिनुभयो ।
उत्सवको आम्दानीबाट बचेको पैसाले जिल्लामा कलाकार लोककल्याणकारी कोषको स्थापना गरिने भएको छ । कलाकार पदम विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले लोक साँस्कृतिक उत्सवले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाका कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...