बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु(फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन २७ गते ।

 नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला विहिवार बेनीमा सुरु भएको छ । भेलाको उदघाटन हुनुभन्दा पहिला मगर समुदायको कलासंस्कृति,झाँकी र सोरठी नृत्य सहित बजारमा ¥याली निकालिएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
भेलामा संघले ९ बुँदे प्रस्तावका वारेमा छलफल गरिने अध्यक्ष विष्णुकुमार थापाले जानकारी दिनुभयो । भेलामा मगर विद्यार्थीहरुको हकहित र अधिकारका वारेमा छलफल हुने उहाँले बताउनुभयो ।

मातृभाषामा पठनपाठन,निशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयन,स्वायत्त विश्वविद्यालय स्थापना,शैक्षिक गुणस्तर सुधार,रोजगारमुलक शिक्षा र लोकसेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने संघले जनाएको छ । भेलामा देशभरबाट दुई सय प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।