जनताको काम सँगै च्याउ उत्पादनमा जनप्रतिनिधि

विकल्प न्यूज/बेनी
फागुन १६ गते ।


जलजलाका एकजना जनप्रतिनिधिले व्यवसायिक रुपमा च्याउन खेती सुरु गर्नुभएको छ । पर्वतको जलजला गाउपालिका ७ का वार्ड सदस्य पुर्ण परियारले व्यवसायिक रुपमा च्याउ खेती थाल्नुभएको हो । परियारले वार्षिक रुपमा करिब १० लाख रुपियाँ बराबरको च्याउ विक्री गर्नुहुन्छ ।

वडा हुने विकास निर्माण लगायतका सामाजिक कार्यबाट बचेको समयलाई सदुपयोग गर्न उहाँले च्याउ खेती थाल्नुभएको हो । परियारले च्याउ खेतीका लागि २ वटा आधुनिक टनेल समेत बनाउनुभएको छ । गहु, कोदो,मकै पराम्परागत अन्नवाली उत्पादन गर्दा बर्षभरी खाना नपुग्ने जमिनमा च्याउ खेतिवाट मनग्य आम्दानी हुन थालेपछि उत्साहित भएको परियारले बताउनुभयो ।

केही वर्ष अघि रोजगारीका क्रममा भारतमा हुँदा च्याउ खेतीका वारेमा तालिम लिएको थिएँ, परियारले भन्नुभयो ‘तालिममा सिकेको कुरालाई प्रयोगमा ल्याएको छु । परिश्रम गर्न सके च्याउ खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ ।’
जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पनि पुग्नुप¥यो उहाँले भन्नुभयो ‘जनताको काम गरेर बचेको समयमा च्याउ खेतीमा काम गर्दछु ।’ उत्पादित च्याउले राम्रो बजार पाएको उहाँले सुनाउनुभयो । थोरै लगानी गरेर मनग्य आम्दानी लिन थालेपछि परियार खुसी हुनुहुन्छ ।

च्याउ लिन ग्राहक घरमै आउछन र घरबाट विक्री नभएको च्याउ छिमेकी जिल्ला बाग्लुड र बेनीमा विक्री हुने परियारले बताउनुभयो । परालबाट उत्पादन गरेको च्याउ स्वास्थ्यको लागि फाइदा हुने भएकाले विक्री गर्न समस्या छैन उहाँले भन्नुभयो । २०० ग्राम कन्या जातको च्याउको विउबाट १५ केजी सम्म च्याउ उत्पादन हुने उहाँले बताउनुभयो ।