विप्लव समुहका मुस्ताङ इन्चार्ज म्याग्दीको रुमबाट पक्राउ

विकल्प न्यूज/बेनी
फागुन १४ गते ।

नेकपा (विप्लव) का मुस्ताङ इन्चार्ज पदम पुन (फिल्टर) लाई म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले पक्राउ गरेको छ । पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुनलाई विहिवारै बेनी ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताउनुभयो । यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरीको भनाई छ । पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।