नेकपा (प्रचण्ड–माधव नेपाल) को जिल्ला सचिवमा युवा नेता सुवेदी चयन

विकल्प न्यूज/बेनी
फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा युवा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड– माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन गरेको हो । सुवेदी यसअघि नेकपा म्याग्दीको  कार्यालय सदस्य हुनुहुन्थ्यो ।