भरतपुर, फागुन ६ गते ।
जीवनभर भाडामा बस्दै आउनुभएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी हुनुहुन्छ । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उहाँले भन्नुभयो, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”
कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहनुभएका कर्ण अहिलेसम्म डेरामा हुनुहुन्थ्यो । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उहाँमा खुसीको सीमा छैन । उहाँले भन्नुभयो, “यो उपहार मेरा लागि अमूल्य छ ।”
२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहनुभएका कर्णले अवकाश लिए पनि उहाँलाई विद्यालयले भने छाडेन । पुनः उहाँलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो । आजीवन शिक्षण पेसा अवलम्बन गर्नुभएका कर्ण सरले अहिले विद्यालय त छोड्नुभयो तर पूर्वविद्यार्थीको मनबाट भने उहाँ बाहिरिन सक्नुभएन । फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाउनुभयो । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो ।
“जीवनभर अर्काको घरमा बसेर हामीलाई पढाउनुभयो तर जीवनको उत्तराद्र्धमा पनि अरूकै घरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न घर बनाइदिएका हौँ”, उहाँले भन्नुभयो, “विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमावती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गामा पक्की घर बनाइदिएका हौँ ।”
कर्ण झन्डै ४० वर्ष डेरामा बस्नुभयो । स्थानीय मदनबहादुर ढुङ्गानाको घरमा डेरा बस्नुहुने उहाँलाई ढुङ्गाना परिवारले पनि कहिल्यै भाडा लिएन ।
ढुङ्गानाका छोराछोरीसमेत सोही विद्यालयमा पढ्ने र साँझबिहान घरमा पनि कर्ण सरले नै ट्युसन पढाइदिनुहुने भएकाले पनि डेराको भाडा कहिल्यै तिर्नु नपरेको बताइएको छ । गुरुदक्षिणाका रूपमा प्राप्त गुरु आवास बनाउन १५४ जना पूर्वविद्यार्थीले १० हजार देखि दुई लाख रुपियाँसम्म सहयोग गरेका छन् ।आजको गोरखापत्रमा समाचार छ ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...