पत्रकार महासंघ बागलुङ देशभरमै उत्कृष्ट शाखा

 विकल्प न्यूज/बागलुङ
फागुन ५ गते ।

 

 नेपाल पत्रकार महासंघ बागलुङ शाखा देशभरमै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन समारोहमा देशभरमै उत्कृष्ट शाखाको रुपमा पत्रकार महासंघ बागलुङ शाखा बुधबार सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङबाट सम्मानित भएको छ । शाखा अध्यक्ष दिल शिरिषलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

पत्रकार महासंघ बागलुङ शाखा भवन निर्माण, आधुनिक सूचना केन्द्र निर्माण, सदस्यता शुद्दिकरण, कार्यकालको दोस्रो वर्षलाइ तालिम वर्षको रुपमा तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन लगायतका कार्यको कदर स्वरुप उत्कृष्ट शाखाको रुपमा केन्द्रले सम्मान गरेको शाखा अध्यक्ष शिरीषले जानकारी दिनुभयो । पत्रकारहरुको सहयोग र सद्भाव प्रति धन्यवाद व्यक्त गर्नुभएको छ । aadarshasanchar.com