पर्वत, माघ २६ गते ।
पर्वतका विभिन्न ग्रामिण सडकमा पुग्ने दुईवटा मोटरेबल पुलको आइतबार एकै दिन उद्घाटन भएको छ । १० करोड ४६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको मोदीखोला गाउँपालिका– ३ को रतीखोला पुलको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र चार करोड १८ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको कुश्मा नगरपालिका– ३ अम्बोटखोला पुलको भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो ।
अम्बोटखोलामा निर्माण भएको पुलले मोदी गाउँपालिका– ५ अम्बोट र कुश्मा नगरपालिका– ३ दुर्लुङ तथा रतिखोलामा निर्माण भएको पुलले मोदी गाउँपालिका– ६ तिलाहार र वडा नं. ७ र ८ को राम्जा र चित्रेलाई जोड्छ । दुई पुलको उद्घाटनपछि आयोजित सभामा राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माण व्यवसायीले समयमै पुल निर्माणको काम सकेर उदाहरणीय भएको बताउनुभयो ।
पूर्वाधार निर्माणका क्षेत्रमा नेपालमा उल्लेख्य प्रगति भइरहेको उल्लेख गर्दै निर्माण व्यवसायीले समयमा काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो । ‘नेपालमा निर्माण व्यवसायीले ढिलो काम गर्छन भन्ने गरिन्छ, तर आफूले उद्घाटन गरेका योजना समयमै सम्पन्न भएको पाए, यसरी समयमै निर्माण सम्पन्न गर्न सक्ने हो भने नेपालको समृद्धि तिव्र गतिमा हुन्छ ।’ तिमिल्सीनाले भन्नुभयो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्बाङले यही सरकारका पालामा धेरैजसो गाउँका सडकमा पक्की पुल बनिसकेको र धेरैजसो मुख्य ग्रामिण सडकमा पुल बन्ने क्रम जारी रहेको बताउनुभयो । आगामी पाँच वर्षभित्रमा सबै ग्रामिण सडकका खोलामा पक्की पुल बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री नेम्वाङले बाँकी कार्यकालमा विकास निर्माणमा केन्द्रीत भएर लाग्ने बताउनुभयो । gorkhapatraonline
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...