ताजा समाचार:
Search

बेनी संरक्षण गर्ने रुपाताल आयोजनामा भ्रष्टाचार र कमिशनको जालो छ ःनेता बानियाँ(भिडियो)

विकल्प न्यूज/बेनी
माघ २४ गते । 

बेनी संरक्षणका लागि योजना कार्यान्वयन गर्ने रुपाताल आयोजना भ्रष्टाचार र कमिशनको अखडा भएको संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रेशम बानियाँले बताउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनमा नेता बानियाँले बेनी बजार संरक्षण गर्ने योजना कार्यान्वयन गर्ने निकाय नै कमिशन र भ्रष्टाचारमा ढुबेकाले यसबाट बजार संरक्षण गर्ने योजना अघि नबढ्ने बताउनुभयो । रुपाताल भन्ने कार्यालय तत्काल खारेज गर्नुपर्ने उहाँको भनाई थियो ।

कालिगण्डकी नदी कटानबाट सदरमुकाम बेनीबजारलाई बचाउन बेनी बजार संरक्षण गुरुयोजना निर्माण गरी योजना सञ्चालित छ । समयमै योजना सम्पन्न नहुँदा बजार नदी कटानको जोखिममा परेको छ ।