ताजा समाचार:
Search

लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

विकल्प न्यूज /बेनी
म्याग्दी ८ माघ ।

 लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको आद्यान्न सहयोग गरिएको हो ।

उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न संगै स्वास्थ्य सुरक्षाका लागि स्यानीटाइटर समेत वितरण गरिएको लिड्स नेपालका जिल्ला संयोजक निसा महतले जानकारी दिनुभयो ।

लिड्सका डाइरेक्टर डाक्टर पदमराज श्रेष्ठ र जिल्ला संयोजक महतको टोलीले सम्बन्धित वडाका जनप्रतिनिधिहरु मार्फत सहयोग सामाग्री वितरण गर्नुभएको जनाईएको छ ।

लिड्सले म्याग्दीमा गरिब विपन्न परिवारको आवास मर्मतमा सघाउने र आयआर्जन सुधारमा सहयोग गर्न शिपमुलक तालिमहरु समेत सञ्चालन गर्ने जनाएइको छ ।