विकल्प न्यूज/बेनी
माघ ६ गते ।
कडा र अक्करे भिर मानिएको रघुगंगा गाउँपालिका ४ दग्नाम स्थित अजिङ्गर भीरमा सडक निर्माण गरे सँगै मोटर गुडन थालेका छन् । जिल्लाकै जोखिम मानिएको चट्टानी भीर फुटालेर सडक निर्माण गर्ने योजना दुईवर्षमा पुरा भयो । कल्पना नगरिएको भीरमा मोटर गुड्न थालेपछि स्थानीयवासीहरु खुसी भएका छन् ।
अजिङ्गर भीरमा सडक निर्माण गरी दुर्गमका वस्तीहरुमा गाडी पु¥याउन गाउँपालिकाले दुईवर्ष देखि गौरबको योजना छनौट गरी सडक निर्माण गर्न थालेको थियो । गाउँपालिकाको योजनालाई संघ र प्रदेश सरकारले पनि प्राथमिकतामा पारेर बजेटको व्यवस्था गरेका थिए । गाउँपालिका केन्द्र मौवाफाँट देखि अजिगंर भीर हुँदै कुइनेमङ्गले सम्म सडक निर्माण गर्न करिब १० करोड रुपियाँ भन्दा वढी खर्च भएको छ ।
भीरमा सडक निर्माण भएसँगै आइतबार देखि सवारीसाधन गुडन् थालेका छन् । गाउँपालिकाका दुर्गम वस्ती दर्मिजा,चिमखोला र कुइनेमङ्गलेका स्थानीयहरुको मोटर चढ्ने वर्षौ देखिको सपना पुरा भएको छ । सदरमुकाम बेनी देखि दुर्गमका ति वस्तीहरु सडक सञ्जाल सँग जोडिएका छन् ।
चिमखोला र कुइनेमंगमा निर्माणाधिन जलबिद्युत आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा यो वर्ष अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोडिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
सडक निर्माण सँगै दुर्गम वस्तीहरुमा विकास निर्माण गर्न सहज हुने अध्यक्ष भण्डारीले बताउनुभयो । दुर्गमका करिब ७ हजार जनसंख्या लाभान्वित हुने उहाँले बताउनुभयो । सडक नपुगेका कारण दुर्गममा पूर्वाधार निर्माण गर्न निकै असहज भएको थियो गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ‘सडकको ट्याक खुले सँगै दुर्गममा विकासको ढोका खुलेको छ ।’ निर्माणधिन दुईवटा जलविद्युत आयोजनाले पनि गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अक्करे पहाड फुटाउन गाउँपालिकाले दुई करोड ८१ लख ८७ हजार तिनसय ४ रुपियाँ बजेट खर्च भएको छ । भने प्रदेश सरकारको पचास लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका सव इन्जिनियर कमल चोखालले बताउनुभयो । यस्तै संघीय सरकारले सडक डिभिजन कार्यालय बागलुङ मार्फत करिब दुई करोड ७५ लाख रुपियाँ बजेट खर्च गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै चिमखोला र कुइनेमङ्गलेमा निर्माणधिन जलबिद्युत आयोजनाले पनि सडक निर्माणका लागि गाउँपालिकाले गर्ने खर्च बराबर लगानी गर्ने सम्झौता भएको सब इन्जिनिर चोखालले बताउनुभयो ।
मौवाफाट देखि दग्नाम हुदै अजिङ्गर भिरसम्म ५ किलोमिटर र चिमखोला देखि दर्मीजासम्म करिब ४ किलोमिटर सडकको ट्याक यसअघिनै खुलिसकेको थियो । यस वर्ष गाउँपालिका, प्रदेश सरकार र जलबिद्युत आयोजनाले प्याकेज छुट्टाएर फरक–फरक ठाउँबाट सडक निर्माण गरिएको थियो । अजिगंर भीरमा मात्र पाँचसय मिटर सडक निर्माण भएको छ ।
जलविद्युत आयोजनाहरुको सहयोगमा नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर कडा चट्टान फोर्ने काम गरिएको हो । निकै जोखिमयुक्त भीरमा सडक निर्माण गर्न हामी सफल भएका छौं, सडक निर्माणको अगुवाई गरेका दर्मिजाका स्थानीय युवा सुबिन शेरपुञ्जाले भन्नुभयो ‘डरलाग्दो भीर फुटालेर सडक निर्माण हुन्छ भन्ने कसैले सोचेका पनि थिएनन् । भीरमा मोटर गुडन थालेपछि सवै चकित परेका छन् ।’ सडक निर्माण भएसँगै दर्मिजा,चिमखोला र कुइनेमङ्गलेका स्थानीयवासीहरु गाउँपालिका केन्द्र मौवाफाँट र सदरमुकाम बेनी आउन सहज भएको छ ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...