विकल्प न्यूज/बेनी
माघ ६ गते ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा सोमबार मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ ।
क्याम्पस सभाको उद्घाटन गर्दै विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले मंगला गाउँपालिकामा मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि आफूले म्याग्दी जिल्लाको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट सबैभन्दा धेरै ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
सांसद थापाले महेन्द्ररत्न माध्यमिक विद्यालय बराङ्जामा करिब ३५ लाख रुपैयाँको लागतमा कम्प्युटर ल्याब स्थापना गरेको बताउँदै मंगला मावि बाबियाचौरलाई नमुना विद्यालय घोषणा गरेको बताएका छन् । उनले बाबियाचौरको हिदीमा खानेपानी योजना कार्यान्वयनको क्रममा रहेको भन्दै म्याग्दी जिल्लाको सबै ठाउँमा विद्युतीकरण पु¥याउन आवश्यक पहल गरेको बताए ।
यसअघि जिल्लालाई ९० लाख रुपैयाँ बजेट आउने गरेकोमा आफ्नो पहलमा वार्षिक १२ करोड रुपैयाँ बजेट विनियोजन भएको बताउँदै सांसद थापाले आगामी वर्षको मध्यतिर म्याग्दीको गूर्जाबाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण हुने विश्वास व्यक्त गरे ।
उनले म्याग्दीका बाढीपहिरो पीडितको पुनसर््थापना र व्यवस्थापनका लागि आफ्नो पहलमा सरकारमार्फत उचित किसिमको राहत प्याकेज आएको बताउँदै म्याग्दी नदी नियन्त्रण गरी मानववस्ती बचाउन पहल गरेको बताएका छन् । संसार बदल्ने तागत शिक्षा क्षेत्रले दिने भएकाले शैक्षिक क्षेत्रको विकासमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै शिक्षाको विकास गर्न राजनीतिभन्दा टाढै रहनुपर्ने उनको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मंगला शिक्षा क्याम्पसले पश्चिम म्याग्दीमा शैक्षिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पालिकाभित्र शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै सङ्घीय सांसदले पनि उच्च प्राथमिकता दिएकाले जिल्ला समन्वय समितिमार्फत आवश्यक सहयोग गरिएको बताएका छन् । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सबैको सहयोगमा मंगला शिक्षा क्याम्पसको भवन निर्माण गरी अहिलेको अवस्थामा आएकोमा जोड दिँदै विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा क्याम्पसको आर्थिक पूर्वाधार संयोजक चन्द्रप्रसाद बुढाथोकी, गैरसरकारी तथा संघसंस्था विभाग संयोजक नरसिंहबहादुर केसी, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, नेपाली कांग्रेसका जिल्ला सदस्य बलभद्र ढकाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, मंगला–३, बराङ्जाका वडा अध्यक्ष कविन्द्र रोका, म्याग्दीका क्रियाशील पत्रकार हरिकृष्ण गौतम, क्याम्पस सञ्चालक समिति सदस्य यशोदा रोका र क्याम्पसका पूर्व विद्यार्थी मनकुमार जुग्जालीले मन्तव्य राखेका थिए ।
क्याम्पस सभाको उद्घाटन सत्र क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम पौडेलको अध्यक्षता, क्याम्पस प्रमुख पितमबहादुर खत्रीको स्वागत र सहप्राध्यापक चन्द्रा रोकाको सञ्चालनमा सम्पन्न भएको थियो । क्याम्पस सभाको बन्दसत्रले क्याम्पसको नयाँ सञ्चालक समिति निर्वाचित गर्ने जनाइएको छ । क्याम्पस सभाको अवसरमा क्याम्पसले थालेको आर्थिक सङ्कलन अभियान तथा जग्गा खरिदलगायत कार्यमा सहयोग गर्नेहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा सञ्चारमाध्यमबाट सहयोगी भूमिका खेलेको भन्दै पत्रकार हरिकृष्ण गौतमलाई नगदसहित सम्मान गरिएको थियो ।
सांसद थापाद्वारा विनियोजित गत वर्षको ७० लाख रुपैयाँको बजेटबाट मंगला शिक्षा क्याम्पसको ८ कोठे भवन र शौचालय निर्माणसम्पन्न भएको छ । यसैगरी मंगला गाउँपालिकाको गत आवमै २० लाख रुपैयाँ बजेटबाट निर्माणसम्पन्न भवनको तल्लो कोठामा रङरोगन तथा माथिल्लो तलामा पार्टेसनको काम गरिएको छ । त्यस्तै चालु वर्षमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा २५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कार्यान्वयनको क्रममा रहेको जनाइएको छ ।
यसअघि मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो । सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको हो ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...