ताजा समाचार:
Search

नर्वेमा कोभिड भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु

विकल्प न्यूज/बेनी
माघ ४ गते ।  विश्वव्यापी कोरोना भाइरसको अन्त्यका लागि विश्वका कतिपय देशहरुमा भ्याक्सिनेशन अभियान जारी छ।   नर्वेमा पनि नयाँ वर्षको ४ दिन पहिले फाइजरको कोरोना भाइरस भ्याक्सिन लगाउन शुरु गरियो। नर्वेमा भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने ७५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

२७ डिसेम्बर २०२० मा कोभिडको भ्याक्सिनेशन शुरु भएपछि देशभर २५ हजारभन्दा अधिक मानिसहरुलाई भ्याक्सिन लगाइएको छ। नर्वेमा जो मानिसको मृत्यु भएको छ, उनीहरुलाई भ्याक्सिनको पहिलो डोज लिएका थिए, त्यसपछि उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको थियो।

नर्वे सरकारका अनुसार, जो मानिस बिरामी भएका छन् र वृद्ध अवस्थाका छन्, उनीहरुका लागि भ्याक्सिनेशन अधिक खतरापूर्ण हुनसक्छ।

ज्यान गुमाउने २९ जनामध्ये १३ जनाको भ्याक्सिनबाट नै मृत्यु भएको पुष्टि भइसकेको छ, भने बाँकीको मृत्यु बारे जाँच भइरहेको बताइएको छ।

नर्वेजियन मेडिसिन एजेन्सी (एनएमए) का अनुसार, जो मानिसको मृत्युको जाँच गरिएको छ, त्यसमा कमजोर, वृद्ध मानिसहरु थिए, जो नर्सिङ होममा बस्दथे। मृत्यु हुने सबैको उमेर ८० वर्ष माथि थियो।

नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार, फाइजर र बायोएनटेकद्वारा बनाइएको कोभिड–१९ भ्याक्सिन नर्वेमा उपलब्ध एक मात्र भ्याक्सिन हो र सबै मृत्युलाई यसका साथ जोडेर हेरिरहेको छ।

फाइजरको भ्याक्सिनमाथि प्रश्न उठेपछि कम्पनीले बायोएनटेक र एनआईपीएचका साथ मृत्युको जाँच गरिरहेको बताएको छ।

भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनाको स्वास्थ्य अवस्था बिग्रियो, एकजनाको अवस्था गम्भीर
भारतमा कोरोना भाइसर विरुद्धको भ्याक्सिन लगाएका ५२ जनामा साइड इफेक्ट देखिएको छ। यसैगरी एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

भारतमा शनिबारदेखि कोरोना भ्याक्सिन दिन शुरु गरिएको थियो। पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना भ्याक्सिन दिइएको थियो। तीमध्ये दुईजना स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएको छ। एजेन्सीको सहयोगमा