विकल्प न्यूज/बेनी
माघ ३ गते ।
नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको १९ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की, कोषाध्यक्ष भुपेन बानियाँ रहेका छन् ।
त्यस्तै केन्द्रिय प्रतिनिधि एवम् कार्यसमिति सदस्य भरतप्रसाद उपाध्याय, सदस्य सन्तोष ढुंगाना,रेनु मल्ल, कोषानन्द आचार्य,कृष्ण मल्ल, प्रेम नेपाली, कुलबहादुर बोहोर, विश्व विक्रम मल्ल, दुर्गालाल कँडेल, कमल पौडेल, अनुष शाही, रामप्रसाद श्रेष्ठ, सुरेश ढुंगाना र विरेन्द्र ढुंगाना चयन भएका छन् ।
त्यस्तै राधिका सापकोटाको अध्यक्षामा गठन भएको महिला उद्यम विकास समितिको बरिष्ठ उपाध्यक्ष रेणु मल्ल,उपाध्यक्ष निर्मला श्रेष्ठसचिव मेनुका पुन, कोषाध्यक्ष सुभा सेन, केन्द्रिय प्रतिनिधि तथा सदस्य सृजना श्रेष्ठ, सदस्य सृजना भट्टचन, गंगाकुमारी खत्री अनुषा गौचन सुगम श्रेष्ठ,मनकुमारी नेपाली,सञ्जुराज भण्डारी,गंगा थापा कार्की रहेको निर्वतमान अध्यक्ष लिलाराम गौतमले जानकारी दिए ।
अधिवेशन उद्घाटन गदैं जिसस प्रमुख देबेन्द्रबहादुर केसीले व्यावसायिक ज्ञान र आवश्यक प्रविधिबाट राम्रो उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै महासंघका गण्डकी प्रदेश प्रमुख हरिहर थापाले बजारको पहुँच, कच्चा पदार्थ अभाव र बजारको अध्ययन नहुँदा घरेलु उद्योगलाई समस्या भएको बताउँदै सरकारी निकायबाट प्रोत्साहनको आवश्यकता रहेको बताएका थिए । उनले आर्थिक अवस्था सुधार गर्न सक्ने क्षमता भएका लघु, घरेलु तथा साना उद्योग समस्याग्रस्त भई बन्द हुँदा बेरोजगारी बढ्दै गएको बताए ।
महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, म्याग्दी उवासंघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, मालिका गाउँपालिका इकाई प्रमुख मोतिलाल गौतमले बोलेका थिए ।
कोभिड १९ का कारण विभिन्न समस्याले गर्दा लघु, घरेलु तथा साना उद्योग सञ्चालन नहुदाँ बन्द हुने अवस्थामा रहेकालाई प्रोत्साहन गरिने नव निर्वाचित अध्यक्ष बानियाँले बताए । उनले घरघरमा परम्परागत रुपमा घरेलु उद्योग सञ्चालन गर्दै आएकालाई आधुनिक सीप हस्तान्तरण गर्न सकेमा रोजगारी खोज्दै विदेश पलायन रोक्न सकिने बताए । म्याग्दीमा घरेलु महासंघमा साढे दुई सय उद्योग दर्ता छन् ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...