ताजा समाचार:
Search

जन्म दिनको अवसरमा बालबालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी
माघ २ गते ।

यहाँका एक युवाले जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नभएको छ ।
पर्वतको जलजला ७ धाइरिङ गुन्टेखेत घर भई हाल जापानमा अध्यनरत मिलन परियारले जन्म दिनको अवसरमा स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर र स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।  शुक्रबार परियारका बुवाआमाले वडा अध्यक्ष टुंगनाथ शर्माको उपस्थितिमा स्विटर र शैक्षिक सामाग्री हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण परियारले जानकारी दिनुभयो ।