जिल्ला प्रहरी कार्यालयमा आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना

विकल्प न्यूज/बेनी
माघ १ गते । 

जिल्ला प्रहरी कार्यालय परिसर भित्र आधुनिक नागरिक सहायता र स्तनपान कक्ष स्थापना गरिएको छ । प्रहरी कार्यालयबाट प्रवाह गर्ने सेवाप्रवाहलाई नागरिक मैत्री बनाउन आधुनिक नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

रघुगंगा गाउँपालिकाको दुईलाख पचास हजार र पालिका अध्यक्ष भवबहादुर भण्डारीको ६१ हजार ६ सय ९५ रुपैयाँ गरी ३ लाख ११ हजार ६ सय ९५ रुपैयाँ लागतमा नागरिक सहायता कक्ष स्थापना गरीएको प्रहरी नायब उपरिक्षक किरण जंग कुँबरले जानकारी दिनुभयो ।
कक्षको विहिवार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गर्नुभयो । सहायता कक्ष उद्घाटन गर्दै प्रजिअ अधिकारीले सेवा प्रवाहलाई नागरिक मैत्री, जनमैत्री र नागरिकप्रति उत्तरदायी बनाउन
सहायता कक्षले टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

कक्षले प्रहरीको प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सहज र सरल बनाउने प्रजिअ अधिकारीले बताउनुभयो । सेवालाई सरल र सहज बनाउने उद्देश्यले नागरिक सहायता कक्षको स्थापना गरिएको प्रनाउ कुँबरले बताउनुभयो ।