बागलुङमा कोरोना संक्रमणका कारण ३७ वर्षीय युवाको मृत्यु

विकल्प न्यूज/बेनी
पुस २८ गते ।

 

बागलुङमा आज बिहान ३७ वर्षिय कोरोना सक्रमितको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

स्वासप्रस्वासमा समस्या रहेको उहाँलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । “उहाँ भर्ना हुँदा आउदै अक्सिजनको मात्र निकै कम थियो, फोक्सोमा गहिरो समस्या थियो” डा. पोखरेलले भन्नुभयो । उहाँ केही दिन होम आइसोलेसनमा बसेर जटिल अवस्था आएपछि अस्पतालमा भर्ना हुनुभएको थियो । बागलुङमा मृत्यु हुने कोरोना सक्रमितको संखया ११ पुगेको छ । aadarshasanchar