म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

विकल्प न्यूज/बेनी
पुस २७ गते ।

म्याग्दी जेसिजको वर्ष २१ को शाखा अध्यक्षमा विरेन्द्र निर्वाचित हुनुभएको छ । म्याग्दी जेसिजको आइतबार सम्पन्न २२ औं साधारणसभा तथा २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन आयुक्त खम थापामगरले जानकारी दिनुभयो ।

अधिवेशनले कार्यकारी वरिष्ठ कार्यकारी उपाध्यक्ष सन्दिप खत्री, उपाध्यक्ष नरेश श्रेष्ठ,डेकमाया केसी,सुमन बानियाँ र विष्मा श्रेष्ठलाई निर्वाचित गरेको निर्वाचन आयुक्त थापामगरले जानकारी दिनुभयो ।
यसै गरी शाखाको महासचिवमा दिनेश वरुवाल,कोषाध्यक्ष कुमार वानियाँ,सहकोषाध्यक्ष सुनिता श्रेष्ठ र शाखा सम्पादक हरि भण्डारी चयन हुनुभएको छ ।

कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष खम थापामगर, अध्यक्षयीय सल्लाहकार श्रैलेष श्रेष्ठ चयन हुनुभएको छ ।
विहिवार सुरु भएको अधिबेशनमा अध्यक्ष पदका लागि निर्वाचित अध्यक्ष श्रेष्ठ लगायत भरत रकाल,शैलेष श्रेष्ठ,विपिन बानियाँ र सन्दिप खत्रीले दावी गर्नुभएको थियो । दावी गरेका मध्य शैलेष र सन्दिपले दावी फिर्ता गरी विरेन्द्र श्रेष्ठलाई समर्थन गर्नुभएको हो।

पदाधिकारी चयनमा विमती राख्दै अध्यक्ष पदका दावेदारहरु रकाल र बानियाँ लगायतले १८ जना सदस्यहरुले जेसिज सदस्यबाट सामूहिक राजिनामा दिनुभएको जेसिज वर्ष २०२० का अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा म्याग्दी शाखालाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, जेसिज पूर्व क्लबका अध्यक्ष विजय श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।