बेनी, २६ पुष ।
म्याग्दी सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा आइतबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको थियो । कर्मचारीको नियमित उपस्थिति देखि सेवा प्रवाह र कार्यालय ब्यवस्थापनसँग सम्बन्धित सूचकलाई आधार मानेर अनुगमन गरिएको थियो ।
ढिलासुस्ति हटाएर सेवा प्रवाहलाई ब्यवस्थित र सेवाग्राहीमैत्री तथा चुस्त दुरुस्त बनाउन समस्याको पहिचानका लागि छड्के अनुगमन गरेर सकारात्मक पक्ष, समस्या र सुधार गर्नुपर्ने बिषयमा बिबरण संकलन गरिएको हो ।
अनुगमन गरिएका कार्यालयका २ जना प्रमुख र अन्य तहका ८ जना कर्मचारी अनुपस्थित भएको पाइएको थियो । अनुपस्थिति हुनुको कारणबारे सम्बन्धित कर्मचारीलाई स्पष्टिकरण सोधिने प्रशासनले जनाएको छ । २० प्रतिशत कर्मचारीले पोशाक नलगाएको र १० प्रतिशत समयमै कार्यालय नपुगेको भेटिएको थियो ।
औसतमा अधिकांश कार्यालयले सेवा प्रवाहमा सूचना प्रबिधिको प्रयोग गरेका र अभिलेख ब्यवस्थापन ठिकै पाइएको छ । सेवाग्राहीका लागि शुद्ध खानेपानी, सूचना अधिकारी, गुनासो पेटिका, स्तनपान कक्ष स्थापना भएपनि प्रतिक्षालय नभएको, गुनासो सुन्ने अधिकारी नतोकेको, टोकन प्रणाली लागू नगरेको, शौचालय र पुर्बाधार अपाङ्गमैत्री नभएको पाइएको सहायक प्रजिअ कुँवरले बताउनुभयो ।
कार्यालयका शौचालय र वरपरको सरसफाईमा ध्यान दिन, हरियाली प्रर्वद्धन गर्नुपर्ने अनुगमन टोलीले औल्याएको छ । हाजिरी गर्न बेवास्ता गर्ने, स्विकृत नगरी बिदा बसेको र नागरिक सहायता कक्ष नहुँदा सेवाग्राहीलाई झञ्जट र दुख भएको पाइएको छ । बिहान १० देखि ११ बजेको बिचमा प्रशासनको टोली आकस्मिक रुपमा छड्के अनुगमनमा पुगेको थियो ।
केही कार्यालयका कर्मचारीहरु कार्यालयको कामको बाहनामा कार्यालयमा नबस्ने, भ्रमण आदेश स्विकृत गराएर घरमा बस्ने प्रबृति देखिएको छ । अधिकांश कार्यालयले कार्य प्रगति सार्वजनिक नगरेको तथा कार्यालयमा सिसिटिभि जडान नभएको पाइएको छ ।
अनुगमन टोलीबाट प्राप्त प्रतिवेदनका आधारमा कार्यालयहरुलाई कमजोरी सुधारका लागि निर्देशन गरिने प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो । दरबन्दि अनुसारका कर्मचारीको अभाव र कम गुणस्तरको इन्टरनेट तथा बिद्युत आपुर्तिमा हुने अतियमितताले पनि सेवा प्रवाहलाई प्रभावित बनाएको छ ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...