बागलुङ, पुस २६ गते ।
राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी पुष्पाल लोकमार्ग बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गले सबैभन्दा बढी दूरी ओगटेको जिल्ला बागलुङ हो । कुल १३२ किलाेमिटर सडकमध्ये ९२ किलोमिटर कालोपत्रे गरिएको छ । बाँकी ३७ किलो मिटर सडक कालोपत्रेको अन्तिम तयारीमा रहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।
बागलुङ सदरमुकाम बागलुङ बजारको उपल्ला चौरदेखि काठेखोला गाउँपालिका–५ घोडाबाँधेसम्मको २५ किलोमिटर, बूर्तिवाङ–पातीहाल्ने सडक खण्डको १० किलो मिटर सडकमा कालोपत्रेको तयारी भैरहेको छ ।
उक्त खण्डमा ठेकेदार कम्पनीले पहरो काट्ने, नाली निर्माण, कालोपत्रेको लागि क्रसर सञ्चालन, कच्चा पदार्थको उत्खनन, सडक चौडा पार्ने तथा बेस निर्माणको काम भैरहेको मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्जल शर्माले बताउनुभयो ।
बागलुङ बजार क्षेत्रको मालढुङ्गादेखि उपल्लाचौर खण्ड पनि मध्यपहाडी लोकमार्ग भित्र पर्ने भए पनि त्यसको विषयमा कुनै काम अघि नबढेको कार्यालय प्रमुख मरासिनीले बताउनुभयो । उक्त क्षेत्रमा ठुलो र कडा चट्टान तथा चट्टानमाथि र तल मानवीय बस्ती भएको हुँदा स्रोत, साधन र जनशक्तिको सुश्चित भए पछि मात्रा सो खण्डको काम हुने उहाँको भनाइ छ । बूर्तिवाङ बजार क्षेत्रमा सडक विस्तारको लागि घरधनीलाई दिनुपर्ने क्षतिपूर्तिका काम अघि बढेको छ ।
बागलुङ उपल्लाचौरदेखि–अक्षते खण्डको १३ किलो मिटरमा काठेखोला गाउँपालिका–१ खहरेको चट्टान काट्ने काम सुरु भएको छ भने बिहुँ–घोडाबाँधे खण्डको १२ किलोमिटर सडक खण्डमा नाली निर्माण, ग्राभेलको लागि आवश्यक कच्चा पदार्थको जोहो गर्न थालेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ । बुर्तिवाङ–निसी खण्डमा कालोपत्रे गर्न थालिएको छ ।
उपल्लाचौर– घोडाबाँधे सडक निर्माणका दुई ठेकेदार कम्पनीले गत मंसिर २१ गते जिल्ला प्रशासन कार्यालयमा आउँदो जेठ महिनाभित्र कालेपत्रे सक्ने गरी काम गर्ने लिखित प्रतिबद्धता जाहेर गरेपछि अलपत्र कामले गति पाएको हो ।
उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । पाँच वर्षवित्नै लाग्दा आयोजनाको जम्मा ५० प्रतिशत मात्रै भौतिक प्रगती भएको भएको छ ।
‘बागलुङ खण्डमा कुल ७० प्रतिशत काम सम्पन्न भएको छ’ आयोजना प्रमुख मरासिनीले भन्नुभयो–‘लकडाउनको कारण ढिला भएको बाँकी खण्ड चालु आर्थिक वर्ष भित्र सकिनेछ ।’ लोकमार्गले बागलुङको सुरुवाती सीमादेखि अन्तिम सीमा क्षेत्रसम्म चिरेको हुँदा यसलाई समृद्धिको मुख्य आधार बनाउन सकिने उहाँको भनाइ छ ।
बागलुङ–अक्षेत भारत÷सिद्धिसाई जेभी, बिहुँ–घोडाबाधे खण्ड एमपी÷एससिएफ÷इसिसि र बुर्तिवाङ–निसी खण्डको स्वछन्द शंकरमालि ठेकेदार कम्पनीले सडक आयोजनाको काम जारी राखेका छन् । लोकमार्ग अन्तर्गतको सडकमा १५ मध्ये १४ वटा मोटरेवल पुल निर्माण भएको छ । बुर्तिवाङ खोलामा पुल निर्माणको काम जारी रहेको इन्जिनियर शर्माले बताउनुभयो ।
मध्यपहाडी क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्न पोल सरकारले राष्ट्रि«य गौरवको आयोजनाका रुपमा पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आरम्भ गरेको हो । राजमार्ग कुल १८७९ किलोमिटर लामो छ । यो सडक पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म फैलिएको छ ।gorkhapatraonline
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...