विकल्प न्यूज/बेनी
बेनी, २२ पुस ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपाको एकिकरण प्रकृया नै टुंगोमा नपुग्दै एकता प्रकृया टुटेको बताउनुभएको छ ।
नेकपाको भातृय संगठन राष्ट्रिय युवा संघ म्याग्दीको ओलि पक्षले बेनीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिले पार्टी विभाजन नभइ तत्कालिन एकता प्रकृया भंग हुने अबस्थामा पुगेको बताउनुभयो ।
‘‘नेकपामा कुनै महाधिवेशनबाट बनेको कमिटी थिएन, यस्तो कमिटीमा बहुमत अल्पमतको कुरा हुँदैन्, एकता नसकिँदै पूर्ववत पार्टीहरु पुनः आफ्नै ठाउँमा पुगेका हुन्, एकता टुट्दा कोहि यताका उता र कोहि उताका यता मात्रै भएका छन्’’– बस्नेतले भन्नुभयो । उहाँले नेकपाको एकता प्रकृया नै टुटेको कारण निर्वाचन आयोगले समेत सोहि बमोजिम निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
बिभाजनको अबस्थामा पुग्दा पार्टीभित्र देखिएको पार्टीको नाम र चुनाब चिन्हको बिषयमा नेता बस्नेतले सूर्य चिन्ह ओली नेतृत्वले पाउने र त्यसो हुन नसकेको खण्डमा दुबै समूह नयाँ चुनाब चिन्ह लिएर निर्वाचनमा जानुपर्ने अबस्था समेत आउन सक्ने उल्लेख गर्नुभयो ।
आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री विरुद्ध संसद सचिबालयमा अविश्वासको प्रस्ताब दर्ता गरि प्रचण्ड–नेपाल समूहले पार्टी एकता भंग गरेकाले नैतिकताको आधारमा पनि सो समुहले सूर्य चिन्ह दावि गर्न नमिल्ने नेता बस्नेतको तर्क थियो ।
‘‘ माधवकुमार नेपाल र झलनाथ खनालहरु प्रचण्डको पार्टीमा पोइल जानुभएको हो, अब उता गएपछि यताकै गोत्र र थर खोजेर पाइदैन, अहिलेको संक्रमणकालको अन्त्य गर्ने एकमात्रै विकल्प निर्वाचन हो, निर्वाचनबाट कोहि पनि भाग्न मिल्दैन’’– बस्नेतले भन्नुभयो ।
तत्कालिन अबस्थामा माओवादी केन्द्र तेस्रो शक्ति हुने र मुलुकमा राजनैतिक स्थिरता नहुने देखिएपछि ओलीले स्थायीत्वका लागि पार्टी एकता गरेको चर्चा गर्दै ओली निकट मानिने नेता बस्नेतले एकता भएदेखि नै देखिएका गतिविधिले विवाहकै दिन सम्बन्ध विच्छेदको संकेत देखिएजस्तो अनुभुति हुँदै आएको चर्चा गर्नुभयो ।
पार्टी प्रचण्डले र सरकार ओलीले चलाउने सहमती मिचेर सरकारमाथि निरन्तर रुपमा काम गर्न नदिएर प्रचण्डले सहमती उलंगन गरेको नेता बस्नेतको आरोप थियो । बहुमतको सरकारले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्चले सदर गर्ने विश्वास व्यक्त गर्दै नेता बस्नेतले संसद पुर्नस्थापना हुने अबस्थामा ओली र काँग्रेसबिचमा सहकार्य हुन सक्ने समेत संकेत गर्नुभयो ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...