ओलीको समर्थनमा मात्र होइन, योजना अलपत्र पार्ने ठेकेदारको खोजीमा पनि झरेका हुन युवाहरु ः विद्यार्थी नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी
पुस २१ गते ।

नेकपा (ओली) पक्षका विद्यार्थी नेता अनेरास्ववियूका केन्द्रिय सदस्य तथा म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेलले म्याग्दीका योजनाहरु अलपत्र पार्ने ठेकेदारहरुलाई नछाडिने चेतावनी दिनुभएको छ । युवा संघ म्याग्दीले बेनीमा आयोजना गरेको युवा भेलामा नेता पौडेलले जिल्लाको विकास योजनाहरुमा भएको ढिलासुस्ती र बेथितिका वारेमा युवाहरुले भण्डाफोर गर्ने उद्घोष गर्नुभयो ।