बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)

विकल्प न्यूज/बेनी
पुस २१ गते ।

सत्तारुढ नेकपा (ओलीपक्ष) को राष्ट्रिय युवा संघ म्याग्दीले सोमबार बेनीमा युवाहरुको वृहत ¥याली सहित भेला गरेको छ । युवा संघ म्याग्दीले आयोजना गरेको भेलामा आएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न नाराहरु लगाएका थिए ।

उनीहरुले ‘बाली अलि पिरो छ, केपी ओली हिरो छ ’ जस्ता नाराहरु लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा समर्थन जनाएका थिए । यस्तै युवाहरुले अझै १० वर्ष ओली देशलाई ओलीको नेतृत्व आवश्यक रहेको भन्दै ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’ भन्ने नारा पनि लगाएका थिए । युवाहरुले अझै दश वर्ष केपी शर्मा ओलीको नेतृत्व मुलुकलाई चाहिएको बताएका थिए ।

देशको विकास र समृद्धिका लागि ओलीको आवश्यकता अझै रहेको भन्दै युवाहरुले ओलीले चालेको कदमको समर्थन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा शुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा तगारो हाल्नेहरुलाई चेतावनी समेत दिएका थिए । नेकपाका केही नेताहरु अलग भएपनि आम म्याग्देली युवाहरु केपी ओलीले नेतृत्व गरेको नेकपा रहेको उनीहरुको संकेत थियो । पार्टीको झन्डा र चुनाव चिन्ह अंकित झण्डा बोकेर युवाहरुले ओलीका पक्षमा बेनीबजारमा विभिन्न नाराहरु लगाएका थिए ।

गाउँगाउँबाट आएका युवाहरुको ¥याली विरेन्द्रचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेको थियो । नेकपाका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री समेत रहनुभएका युवा नेता महेश वस्नेतले भेलालाई सम्बोधन गर्नुभएको थियो । युवाको कार्यक्रमलाई नेकपा ओली पक्षको शक्ति प्रदर्शनका रुपमा हेरिएको छ ।