नेकपा (प्रचण्ड–नेपाल ) पक्षको जलजलामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज\बेनी
पुस २० गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहले पर्वतको जलजला गाउँपाकिामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रमा नेकपा विभाजित भएसँगै प्रचण्ड नेपाल समुहले जिल्ला स्तरमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । आइतवार जलजलाको मिलनचोकमा सो समुहले अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेकपा जलजला गाउँकमिटिका अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गुप्त बहादुर हमालले प्रधानमन्त्री ओलीले असंबैधानिक कदम निर्णय गरेर प्रतिनिधिसभा विघटन गरेकाले आन्दोलनमा जानुपरेको बताउनुभयो । भेलामा नेकपाका कार्यालय सदस्य भक्त कुँबरले जनप्रतिनिधि संस्थालाई प्रधानमन्त्री ओलीले विघटन गर्नु गलत भएको बताउनुभयो । ओलीको गलत कदमको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

ा कार्यालय सदस्य पदमपाणी शर्माले ओलीको असंवैधानिक कदमले देशमा राजनीतिक संकट निम्ताउन खोजेको बताउँदै प्रतिगामी कदमको सशक्त प्रतिरोध गर्न आग्रह गर्नुभयो । सत्ताको स्वादमा रमाएकाहरुले मात्र ओलीको असंवैधानिक कदमलाई समर्थन गरेको उहाँले अरोप लगाउनुभयो ।

दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्नु संविधान विपरित र अलोकतान्त्रीक भएको बताउनभयो । कार्यक्रम पार्टी गाउँपालिका कमिटि अध्यक्ष आचार्यको अध्यक्षता र सचिव टुंगनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । भेलामा नेकपाका जलजलाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने १७ जना जिल्ला कमिटि सदस्यहरु मध्य ८ जना प्रचण्ड माधव नेपाल समुह तिर खुलेका छन् भने ५ जना ओली समुह तिर लागेका छन । अन्य तटस्थ बसेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।