विकल्प न्यूज\जलजला
पुस २० गते ।
म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ ।
गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड हुँदै आवत जावत गर्ने नागरिक संगै राउवडा, गलेश्वर पर्वतको बौर लगायतका क्षेत्रका नागरिकले तत्काल आगलागी भएको फोहोरको आगो नियन्त्रण लिन ध्यानकर्षण गराएका छन् ।
जलजला गाउँपालिका–२ र ३ बौरका स्थानीयबासीले फोहोरको धुँवाले प्रदुषण फैलिएको र ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरि प्रदुषण फैलनबाट रोक्न माग गरेका छन् ।
बौरका युवा विज्ञान शर्माले अबैज्ञानिक तवरले गरिएको फोहोर ब्यवस्थापनको कार्यलाई रोक्नका लागि नगरपालिकाले तत्काले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकाले प्रदुषण नियन्त्रण गर्न पहल नगरे फोहोर ब्यवस्थापन कार्यमै अवरोध गर्ने तयारी भएको बताउनुभयो ।
पवित्र कालीगण्डकी नदीको किनारमा अबैज्ञानिक तवरले फोहोर विसर्जन गर्ने कार्यले लामो समयदेखि आसपासका बासिन्दाले समस्या झेल्नुपरेको स्थानीयबासी हिरा बरुवालले बताउनुभयो । ‘‘आजको मात्रै समस्या होइन, यो दशकदेखिकै समस्या हो, फोहोरको धुँवाले स्वासप्रस्वासमा समेत समस्या बढाएको छ’’– बरुवालले भन्नुभयो ।
यता बेनी नगरपालिका कार्यालयका अनुसार, फोहोर ब्यबस्थापन केन्द्र परिसरमा थुपारिएको फोहोरमा ब्यवस्थापक भन्दा बाहिरका व्यक्तिले आगलागी गरेर प्रदुषण फैलाएको पाईएको छ । बिगत दुई बर्षदेखि ठुलो पहिरोको फोहोर ब्यबस्थापन केन्द्रमा फोहोरमा आगो लगाएर जलाउने कार्य रोकेर फोहोरको बर्गिकरण गरि ब्यबस्थापन गरिँदै आईएको थियो ।
संकलन केन्द्रले मुख्यस्थानदेखि बाहिर थुपारेर राखेको फोहोरको थुप्रो नजिकै एक ब्यवसायिले आफ्ना म्याद नाघेका सामाग्री जलाएको र सोही आगो फोहोरमा सल्किएको पाईएकाले प्रहरी प्रशासनको सहकार्यमा आगो लगाउने व्यक्तिको खोजी थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिवाल सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अुनसार, दमकलको सहायताले पानी हालेर फोहोरमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ भने दिर्घकालिन रुपमा फोहोरमा आगलागी भएमा कालिगण्डकी नदिको पानीलाई उपयोग गरि तत्काल आगो नियन्त्रण गर्न मोटर जडान गर्ने तयारी समेत गरिएको छ ।
नगरपालिकासंग सम्झौता गरि फोहोर ब्यबस्थापन गर्दै आएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा।लिले पुनप्रयोग हुने सामान, कुहिने र नकुहिने सामाग्रीको बर्गीकरण गरेर फोहोरलाई मोहोर ९नगद०मा रुपान्तरण गर्दै आएको थियो । यद्यपी प्रालिले केन्द्रदेखि बाहिर सडकसम्मै थुप्रो बनाएर फोहोर थुपार्ने कार्यलाई भने सुधार गर्न सकेको छैन् ।
नगरपालिकाका जनप्रतिनिधि सहितको टोलीले फोहोर ब्यबस्थापन केन्द्रको निरिक्षण गरि तत्काल फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न प्रा।लि।लाई निर्देशन समेत दिईसकेको छ ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...