शिब आचार्य/बेनी
पुस १७ गते ।
यतिखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । यद्धपी यसले कानुनी मान्यता अझै पाइसकेको छैन । नेकपा यतिखेर प्रचण्ड– माधब नेपाल समुह र प्रधानमन्त्री ओली समुहमा विभाजन भइसको छ । विभाजनको असर तल्लो कमिटि सम्म पुगेको छ ।
पुस ५ गते प्रधामन्त्री ओलीले प्रतिनिनिधिसभा विघटन गरे सँगै नेकपा प्रष्ट रुपमा दुइ समुहमा विभाजन भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएर नेकपा बनेको थियो । एकता अधिवेशन नहुँदै नेकपा विभाजन भएको छ ।
एकता सँगै तत्कालिन दुवै पार्टीहरु खारेज भएर नेकपा बनेको हो । यो पार्टी एकता भंग भएको होइन । नेकपा विभाजन भएको हो । नेकपाको एउटा समुहले म्याग्दीमा विभाजन नभई पार्टी एकता भंग भएको प्रचार गरेका छन् । उनीहरु पार्टी एकता भंग भएकाले पूर्व एमालेहरु एकै समुहमा हुनुपर्दछ भनेर कार्यकर्ताहरुलाई अलमलमा पारिरहेका छन् । त्यसो त पूर्व एमालेमा आवद्ध केही नेताहरु ओली कदम निन्दनीय छ विद्रोह गरौं भनेर साहस गरेका छन् ।
राजनीतिक र सैद्धान्तिक धरातल नभएका ओली पक्षका केही व्यक्तिहरुले जिल्लामा पूर्व एमालेहरु एक ठाउँमा हुनुपर्दछ भनेर दवाव सिर्जना गरेका छन् । तर यो कति संभव छ भन्ने कुरा भोलीका दिनहरुमा देखिएला ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजनीतिक र सैद्धान्तिक रुपमा सहि छ भनेर पुष्टि गर्ने आधारहरु नभएपछि उक्त समुहका केही व्यक्तिहरु म्याग्दीमा पूर्व एमालेहरु एउटै समुहमा हुनुपर्दछ भनेर कार्यकर्तामा मनोवैज्ञानिक रुपमा प्रभाव पार्न खोजेको देखिन्छ ।
यद्धपी उनीहरु पूर्व म्याग्दीमा एमाले ब्युँताउन कोशिष गरेका छन् । पूर्व एमाले व्युँताउने र त्यही शक्तिमा राजनीतिक अभिष्ट पुरा गर्ने चलाखी ओली पक्षधरहरुको छ ।
नेकपाको विभाजनको असर सवै कमिटिहरुमा परेको छ । पार्टीको हेडक्याटर देखि तत्लो तहको कमिटिमा विभाजनले ठूलो असर पु¥याएको छ । तत्कालिन एमाले र माओवादी विच एकता हुँदा आम नेता कार्यकर्ता र नागरिक समेत खुसी देखिन्थे । पार्टी नेता कार्यकर्ता र नागरिक नेकपा विभाजन हुँदा दुःखी छन् । नेकपाको यो विभाजन दुई पार्टीको एकता भंग नभएर नेकपा दुई समुहमा विभाजन भएको हो ।
यतिखेर नेकपा विभाजन कुनै दर्शन,सिद्धान्त र विचारका आधारमा भएको छैन । कार्यशैलीका कारण नेकपा विभाजन भएको हो । विभाजन सम्म पुग्नुमा दुवै पक्ष उत्तिकै जिम्मेवार छन् । नेताहरुको कार्यशैली र व्यवहार नमिल्दा नेकपा विभाजन भएको हो । विभाजन सम्मको अवस्था आउनु दुवै पक्षको ठूलो कमजोरी हो ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष भएका हिसावले केपी शर्मा ओलीको यसमा धेरै कमजोरी हुनसक्छ । पार्टीको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीबाट जनप्रतिनिधि संस्था विघटन हुनपुग्यो । यो राम्रो होइन । केपी शर्मा ओलीको कदम यसहिसावले गलत छ । पार्टी भित्रको विवाद पार्टी कमिटिहरुमा खोज्नुपर्दथ्यो । संसदलाई हतियार बनाउनु हुँदैनथ्यो ।
तर जनप्रतिनिधि संस्थालाई नै संविधानमा नभएको अधिकार प्रयोग गरेर मार्ने काम गलत हो । यो संविधानको हत्या हो । लोकतन्त्र माथिको खतरा हो । जनताको मतदानबाट गठन गरेको प्रतिनिधिसभा र त्यही सभाले नियुक्त गरेको प्रधानमन्त्री हो केपी ओली । त्यस हिसावले पनि प्रधानमन्त्री संसद माथि उत्तरदायिक हुनुपर्दथ्यो ।
अवको केही जिल्लाको चर्चा गरौं
यतिखेर दुवै पार्टी मिलेर बनेको नेकपा विभाजन भएको हो । तत्कालिन नेकपा एमालेले आत्मसाथ गरेको जनताको बहुदलिय जनबाद र माओवादीले आत्मसाथ गरेको जनताको २१ औं सताब्दीको जनबादलाई तत्कालालाई थाती राख्दै एकता अधिबेशन मार्फत पार्टीको मागदर्शन सिद्धान्त ठोस गर्ने सहमति भएको पाइन्छ । एकता अधिबेशन नहुँदा सम्म नेकपाले आत्मसाथ गरेको मार्गदर्शन सिद्धान्त माक्र्सवाद – लनिनवाद हो । त्यहि अनुरुप पार्टी एकता भएको हो । नेकपाको मार्गदर्शन सिद्धान्त माक्र्सवाद – लेनिनबाद हो । तर नेकपा विभाजन सँगै म्याग्दीमा रहेका केही पुर्व एमाले नेताहरुले जिल्लामा जवजको उर्दी लगाउँदै पूर्व एमाले व्युँताउने असफल प्रयास गरेको देखिन्छ । पूर्व एमालेमा आवद्ध केही नेताहरुले पूर्व एमाले व्युँताउने प्रयासलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जवकी मओवादी केन्द्र र एमाले खारेज गरेर निर्माण गरेको पार्टीप्रति उहाँहरुको प्रतिवद्धता थिएन । पार्टी एकताप्रति उहाँहरु असहमत हुनुहुन्थ्यो । माओवादीप्रति उहाँहरुको धाराणा बदलिएको थिएन । उहाँहरु पार्टी एकता विरोधी हुनुहुन्थ्यो ।
निर्वाचनमा चुनाव जित्नका लागि उहाँहरुको खोक्रो एकता थियो । उसो त म्याग्दीमा पूर्व माओवादीको साथ नपाएको भए बामगठबन्धनका उम्मेदवार(हाल विघटित प्रतिनिधिसभाका सांसद) भुपेन्द्र बहादुर थापाको जित हुने थिएन । गठबन्धनमा भएका पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरुले इमान्दारपूर्वक निर्वाचनमा मतदान गरेका थिए । एकतालाई आत्मसाथ नगर्नु मतदाताप्रतिको अपमान हो ।
प््राधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई सहि वा गलत नभनी यतिखेर ओली पक्षका केही नेताहरु पूर्व एमालेहरु एकढिक्का हुनुपर्दछ भन्ने अभियानमा चलाउनुभएको छ ।
यो गैरराजनीतिक चरित्र हो । गैरराजनीतिक चरित्र प्रदर्शन गरेर जिल्लामा ओली पक्षलाई बलियो बनाउन खोजेको देखिन्छ । पूर्व एमाले हुँदा र पछि नेकपा हुँदा आफूलाई माधव नेपाल पक्ष भनेर हिड्ने केही नेताहरु यतिखिर ओली पक्षतिर लागेको देखिन्छ र मध्यमार्गी नेताको रुपमा देखिएका नेताहरु पनि ओली पक्षमा खुलेर लागेका छन् । जिल्लामा पूर्व एमालेलाई एकढिक्का बनाउने र राजनीति गर्ने दाउको रुपमा हेरिएको छ । विचार सिद्धान्तका आधारमा ओली पक्षलाई जिल्लामा बलियो बनाउन कठिन देखेपछि उक्त समुहले यो हतियार प्रयोग गरेको पाइन्छ ।
पूर्व एमालेका भित्रका प्रभावशाली नेताहरु ओली पक्षतिर लागेपछि पूर्व एमालेहरु एकै ठाउँमा हुनुपर्दछ भनेर कार्यकर्ताहरुलाई भ्रमको खेती गरिरहेका छन् । यद्धपी पूर्व एमालेमा हुँदा र नेकपा भइसकेपछि पनि माधव नेपाल समुहमा भएका प्रदेश र जिल्ला कमिटिमा रहेका नेताहरु ओली इतर समुहमा खुलिसकेका छन् । माधव नेपाल समुहमा रहेका इमान्दार र राजनीतिक चरित्र भएकाहरु एकढिक्का नै छन् ।
प्रदेश सदस्य मुना बानियाँ, र हालका कार्यालय सदस्य तथा पूर्व एमालेको जिल्ला कमिटिको सचिव समेत रहनुभएका युवा नेता बालकृष्ण सुवेदी, सचिवालय सदस्यहरु कृष्णकुमार विश्वकर्मा,देउप्रसाद छन्त्याल जगबहादुर किसान, हेमराज शर्मा,रामप्रसाद सुवेदी, जिल्ला कमिटि सदस्य नारायण अधिकारी र रत्न विक ओली प्रचण्ड – माधव नेपाल समुहमा खुलेर लाग्नुभएको छ ।
कतिपय जिल्ला कमिटिका सदस्यहरु तटस्थ हुनुहुन्छ । उहाँहरु अझै खुलिसकेको हुनुहुन्न । नेकपाको ९५ जिल्ला कमिटि सदस्यहरु मध्य भोलीका दिनहरुमा बहुमत सदस्य प्रचण्ड माधव नेपाल समुहमा लाग्ने देखिन्छ । पार्टी संस्थापन कुन समुह हुने भन्नेको निर्णय भयो भने आम कम्युनिष्ट कार्यकर्ता र सुभचिन्तकहरु फुटेको पक्षतिर नगएर संस्थापन तिर लाग्ने संभावना छ ।
बलियो बाम एकताका कारण मात्र संभव थियो यो विजय ।
यसको छिनोफानो पार्टीको आधिकारिकता र चुनाव चिन्ह् कुन समुहले पाउँछ भन्नेले निर्धारण गर्ने देखिन्छ । बहुमतमा रहेको प्रचण्ड माधव नेपाल समुह नै आधिकारिक हुने ठानेर त्यसलाई कमजोर पार्न अहिले पूर्व एमाले ब्युँताउने कोशिष ति नेताहरुको हो ।
यस्तो कोशिषमा पूर्व एमालेको प्रभावशाली नेता ठान्नेहरुको केही समुह लागेको देखिन्छ । दुवै पार्टी खारेज भएर नेकपा निर्माण भएको हुँदा न पूर्व माओवादी ब्युतिन सक्छ न पूर्व एमाले ? यस्तो कोशिष गर्नेहरु गैरराजनीतिक चरित्र भएको नेकपा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले भन्नुभयो ‘यो नेकपा विभाजन भएको हो ।
अव माओवादी केन्द्र र एमाले व्यँुतिन सक्दैन ।’ परिस्थिति र घटनासँग राजनीतिक र वैचारिक लडाई लड्न नसकेपछि जिल्लाका पूर्व एमालेहरु जो ओलीको कदमको विरोधमा हुनुहुन्छ उहाँहरुलाई आफूतिर तान्नका लागि बैइमानीहरुले रचेको असफल प्रयास भएको उहाँले बताउनुभयो । ओलीको कदमलाई राजनीतिक र वैचारिक रुपमा पुष्टि गर्न नसकेपछि जिल्लामा पूर्व एमाले एकै ठाउँ हुनुपर्दछ भनेर अभियान चलाउन खोज्नु राजनीतिक र सैद्धान्तिक रुपमा कमजोर भएको पुष्टि गर्दछ ।
बलियो बाम एकताले ल्याएको थियो यो खुसी
त्यसो त पुस १३ गते प्रचण्ड माधब समुहको विरोध कार्यक्रममा नेकपाका कार्यालय सदस्य तथा पूर्व एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले पूर्व एमालेहरु एक हुनुपर्दछ भनेर ओली पक्षद्धारा गरिएको प्रचारलाई भ्रमको खेती भएको बताउनुभएको थियो । राजनीतिक रुपमा सत्यको पछाडी लाग्नुको साटो सत्ताको पछि लागेर कार्यकर्ताहरुलाई भ्रम छर्न खोजिएको उहाँको भनाई थियो ।
पूर्व एमाले हुँदै नेकपा बनेपछि पनि माधव समुहमा रहेका जिल्लाका केही नेताहरु अहिले ओली समुहमा लागेर पूर्व एमाले व्युताउने अभियानमा लाग्नु राजनीतिक बइमानी ठहर्छ । किन की उनीहरु नेकपामा पूर्व माओवादीको उपस्थिति र सहभगितालाई सहर्ष स्विकारेको देखिएन । उनीहरुमा राजनीतिक संक्रिणता, हिजोको राजनीतिक मानसिकताको उपज देखिनु गैरराजनीतिक चरित्र हो । उसो त पूर्व माओवादी छाडेर एमालेमा प्रवेश गरेकाप्रति म्याग्दीमा पूर्व एमालको उक्त समुहले सहर्ष रुपमा स्विकारेको देखिएको थिएन । यद्धपी यो पूर्व एमालेका जिल्लाका उच्च नेताहरुमा यस्तो खालको प्रवित्ती देखिन्थ्यो भनेर भन्न खोजेको हुँ ।
अहिले दुवै नेकपाका दुवै समुहले पूर्वत पार्टी व्युउताउने भन्दा पनि अहिलेको राजनीतिक घटनाक्रमलाई आधार मानेर आफ्नो समुह बलियो बनाउन लाग्नुपर्दछ । पूर्व माओवादीहरु ‘माओवादी’ र एमालेहरु ‘एमाले’ व्युताउन खोज्ने प्रयास दुवै गलत छ ।
बाम एकताले ल्याएको थियो यो खुसी
यो अभियानले ओली र ओलीइतर समुहमा आवद्ध भएकाहरुको आत्मसम्मानमा चोट पु¥याउछ । यतिखेर दुवै समुहमा तत्कालिन एमाले र माओवादीमा आस्था राख्नेहरु छन् । ओली पक्षमा पूर्व माओवादीहरु पनि छन् । प्रचण्ड – माधब समुहमा पूर्व एमालेहरु पनि छन् । पूर्वहरु जुटाउने र आफ्नो गुट बलियो बनाउन खोज्नु घातक पक्ष हो । यता तर्फ दुवै समुह सचेत हुन जरुरी छ ।
बलियो बाम एकताले ल्याएको थियो यो उत्साह
बर्तमान राजनीतिक घटना र यसबाट पैदा भएका विचार,दृष्ट्रिकोण र अभिमतका आधारमा आ–आफ्नो पार्टी निर्माणमा लाग्दा बलियो भइन्छ भन्ने विश्वास ओली पक्षले लिनुपर्दछ । जिल्लामा पूर्व एमाले समुहका धेरै नेताहरु ओली पक्षतिर लागेको हेर्दा तत्काललाई ओली पक्षलाई पनि कमजोर रुपमा हेरिएको छैन । लेखक आचार्यका निजि विचार हुन ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...