रुमकी २२ वर्षीय मृगौला पीडित श्रीपालीले गरिन अस्पतालबाट सहयोगको अपिल

विकल्प न्यूज/रुम
पुस २ गते ।

म्याग्दीको मालिका गाउँपालिका २ रुमकी मृगौला रोगकको पीडित सन्जीता श्रीपालीले पोखरा स्थित अस्पतालको शैयाबाट सहयोगको अपिल गरेकी छिन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि पोखरा गण्डकी अस्पतालमा पुगेकी २२ वर्षीय श्रीपालीको उपचारमा आर्थिक अभाव भएको छ ।

घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या भएको स्थानीयवासी भुपेन्द्र नेपालीले बताउनुभयो ।

‘‘ दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएका थियौं । श्रीमतीको दुवै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारमा भएको पैसा पनि सकियो । अव कसरी श्रीमतीको उपचार गर्ने ? कसरी बालबच्चा पाल्ने ठूलो समस्या परेको छ । सहयोगका लागि सवैमा अपिल गर्दछु ।’’ – श्रीमान गहेन्द्र श्रीपालीले भन्नुभयो ।