विकल्प न्यूज/बेनी
मंसिर २७ गते ।
वर्षौ देखिको म्याग्दी र मुस्ताङको सिमा विवाद सुल्झाउनका लागि शनिबार दुई जिल्ला विच बार्ता भएको छ । मुस्ताङको थासाङ गाउँपालिका ४ को पहिरो थाप्लामा दुवै जिल्लाका जनप्रतिनिधि,सरकारी अधिकारी र स्थानीयवासी विच बार्ता भएको हो । एकमहिना भित्रमा नापि विभागबाट प्राविधिक टोलीले ल्याएर सीमा छुट्याउने बार्तामा सहमति भएको छ ।
जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसी र मुस्ताङका प्रमुख छिरिङ ल्हमो गुरुङको अध्यक्षतामा बसेको बार्ताले सीमा विवाद सल्झाउन तिन बुँदै निर्णय गरेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका ४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको सिमामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भूगोलमा दुवै जिल्लाको दाबी भएपछि विवाद समाधानका लागि दुवै जिल्ला विच बार्ता गर्नुपरेको जिसस मुस्ताङकी प्रमुख गुरुङले बताउनुभयो ।
विवाद समाधानका लागि एकवर्ष पहिला गठन गरिएको समितिले काम गर्न नसकेका कारण फेरी वैठक वस्नुपरेको उहाँले बताउनुभयो ।
तत्कालन सीमा विवाद समाधान गर्न दुबै जिल्लाका प्रतिनिधि रहने गरी टोली गठन गर्ने निर्णय भएको जिसस प्रमुख केसीले बताउनुभयो । एकमहिना भित्रमा नापी विभागबाट प्राविधिकहरु ल्याएर सीमा छुट्याउन टोलीले पहल गर्ने उहाँले बताउनुभयो ।
सीमा विवाद समाधानका लागि अन्य जिल्लामा भएका प्रयासहरु र अनुभवका आधारमा यहाँको विवाद पनि चाँढै समाधान गरिने म्याग्दीका प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।
दुई जिल्लाको सीमाना पहिचान गर्नका लागि प्राविधिकको आवश्यकता भएकाले नापि विभागबाट टोली ल्याइने उहाँले बताउनुभयो ।
सीमा पहिचानका लागि आवश्यक अध्ययन र समन्वय गर्नका लागि वैठकले दुवै जिल्लाका सम्बन्धित वडाहरुका वडा अध्यक्ष,थासाङ गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र दुवै जिल्लाका नापी कार्यालयका प्रमुखहरु रहने गरी टोली गठन गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।
टोलीले नापी विभागसँग समन्वय गरी प्रविधिको प्रयोग गरे सीमा निर्धारण गर्ने भएको छ । निर्धारण गरिएको सीमा दुवै जिल्लालाई मान्ने हुने निर्णय समेत भएको छ ।
सीमाको विवादले गर्दा प्राकृतिक स्रोतसाधनको उपयोग गर्न समेत समस्या रहेकाले छिटो भन्दा छिटो विवाद समाधान गर्न आवश्यक रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले बताउनुभयो ।
वैठकमा थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन, अन्नपूर्णका अध्यक्ष पुन,म्याग्दीका प्रजिअ अधिकारी, मुस्ताङका प्रजिअ हिरादेवी पौडेल, थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन लगायतका दुवै वडाका वडा अध्यक्ष,सुरक्षाकर्मी र स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
विवाद समाधान नुहँदा प्राकृतिक स्रोतसाधनको उपयोग गर्न समस्या भएको दानाका गंगा पुनले बताउनुभयो । यस्तै सीमा निर्धारण नभएकाले सडक दुर्घटना हुँदा समेत कानुनी प्रकृयाका लागि समस्या हुने गरेको इन्द्रशिंह शेरचनले बताउनुभयो ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...