अन्नपूर्णमा २ र बेनीमा १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज / बेनी
मंसिर २० गते । म्याग्दीमा शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा १ गरी थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पोखराले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्नपूर्णमा कोरोना पुष्टि हुनेमा ३३ वर्षीय महिला र ४० वर्षीय पुरुष हुन । यसैगरी कोरोना संक्रमण पुष्टि हुनेमा बेनी नगरपालिका वडा नम्बर ३ की ६२ वर्षीय महिला हुन । सवैजना कन्ट्याक्ट टेसिङबाट पहिचान भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।