ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
मंसिर १७ गते ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन ।
सडकको ट्रयाक खुलेको दुईदशक पछि रेत्नेचौर–अर्जम –भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक स्तरउन्नती सहित कालोपत्रे गर्न थालिएको हो । सडक स्तरउन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ७६ हजार चार सय २३ रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङले सर्वसिद्ध कन्ट्रक्सन सँग दुई प्याकेजमा ठेक्का सम्झौता गरी योजना कार्यान्वयन अगाडि बढाएको छ ।
योजनाको पहिलो प्याकेजमा रत्नेचौर देखि एकहजार तिनसय किलोमिटर सडक कालोपत्रे सुरु गरिएको छ । दोस्रो प्याकेजमा अर्जम सम्म सडक फरकिलो,ग्यावियन झाली,नाली र मेशनरीवाल लगायतका निर्माणका कामहरु हुने निर्माण कम्पनीका साईड इन्चार्ज बलराम केसीले जानकारी दिनुभयो ।
उहाँका यहि मंसिर ३० गते भित्र निर्माण सम्पन्न गर्ने गरी गत जेठ २८ गते ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीले निम्ताएको संकटले केही ढिला भएपनि तोकिएको समयसीमा भित्र कालोपत्रे गर्ने काम सम्पन्न गर्न मजदुर र उपकरणहरु परिचालन गरिएको उहाँले बताउनुभयो । दोस्रो प्याकेजको योजनामा पनि ७० प्रतिशत निर्माणको काम पुरा भएको उहाँले बताउनुभयो ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण सास्ती भोगेका रत्नेचौरवासीहरु सडक कालोपत्रे हुनथालेपछि उत्साहित भएका छन् । घरकै अगाडी सडक कालोपत्रे हुनलाग्दा खुसी लागेको स्थानीयवासी अम्मर बहादुर बोगटीले बताउनुभयो ।
घरै अगाडी विकास हेर्न पाउँदा खुसीको सीमा छैन बोगटीले भन्नुभयो ‘यती चाँढै सडक कालोपत्रे हुन्छ भन्ने सोचेका पनि थिएनौं ।’ रत्नेचौर संघीय सांसद भुपेन्द्र बहादुर थापाको आफ्नै गाउँ हो ।
सांसद थापाको पहलमा सडक कालोपत्रे गर्ने योजना परेको बोगटीले सुनाउनुभयो । साघुरो सडकलाई नाली सहित ८ मिटर २० सेन्टिमिटर फराकिलो बनाइएको छ । गाउँको विच भागबाट निर्माण गरिएको फराकिलो सडकले गाउँको सुन्दरता समेत थपेको छ ।
सडक फराकिलो सहित कालोपत्रे भएपछि कृषि उपजलाई बजार सम्म पु¥याउन र आवतजावतमा सहज हुने वडा सदस्य टेकबहादुर थापाले बताउनुभयो ।
दुईदशक अघि तत्कालिन जिल्ला विकास समितिले रिङरोडको अवधारणा अनुसार ग्रामिण कृषि सडक निर्माण सुरु गरेको थियो । रत्नेचौर देखि बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्ली,मंगला गाउँपालिका ४ बरंजा र मालिकाको रुम हुँदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने गरी सडक निर्माण थालिएको थियो ।
रिङरोडको अवधारणा अनुसार तत्कालिन जिल्ला विकास समितिले २०५७ सालमा ग्रामिण कृषि सडक निर्माणको योजना अघि सारे पनि बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको थिएन ।लोकतन्त्रको स्थापना पछि निर्वाचित जनप्रतिनिधिहरुको पहलमा बजेट विनियोजन हुनथालेपछि योजनाले गति लिन थालेको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।
सडक निर्माणले पुर्णता पाएपछि ग्रामिण क्षेत्रमा उत्पादीत कृषि उपजको बजारीकरणमा सहयोग पुग्न्े अपेक्षा गरिएको वडा अध्यक्ष रावलले बताउनुभयो ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...