ताजा समाचार:
Search

म्याग्दीमा सोमबार थपिए ११ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी
मंसिर १५ गते । 

म्याग्दीमा आजै मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकामा ९ र बेनी नगरपालिकामा २ जना गरी थप ११ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको नमुना स्वाव संकलन गरी पिसिआर पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा सोमबार उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

कन्याक्ट ट्रेसिङ र शंकास्पद बिरामीहरूको २७ वटा नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पठाएकोमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ कि महिला १, अन्नपूर्ण २,३ र ८ ठेगाना भएका वर्ष ५०, २७ र ३७ का पुरूष ३ , बैतडी ठेगाना भई हाल रघुगंगा बस्ने वर्ष २६ को पुरूष १ ,गुल्मी र रूपन्देही घर भई हाल बेनी बस्ने वर्ष ३३ र ३४ का महिला १ र पुरूष १, बेनी १० ठेगाना भएका पुरूष १ जना गरि जम्मा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मोरङ ठेगाना भई हाल निलगिरी हाईड्रोमा कार्यरत वर्ष २९ का १ जना पुरूष पनि पोखराबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।