विकल्प न्यूज/बेनी
मंसिर १५ गते ।
आज गर्ने भनिएको अस्पताल शिलान्यास कार्यक्रम म्याग्दीका तिन स्थानीय तहमा प्रभावित भएको छ । धौलागिरी र रघुगंगामा जग्गा विवाद र अन्नपूर्णमा जग्गाको लालपूर्जा नभएकाले शिलान्यास कार्यक्रम हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन् ।
धौलागिरि र रघुगंगा गाउँपालिकामा अस्पताल बनाउनका लागि स्थान छनौंट गर्न नसक्दा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम प्रभावित भएको हो ।
सरकारले आज एकसाथ तिनसय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले संघीय सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउन लागेको हो ।
रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगमा र धौलागिरिको गाउँपालिका ७ ताकममा १५ शैयाको अस्पताल बनाउन संघीय सरकारले निर्णय गरेको थियो ।
गाउँकार्यपालिकाको वैठकले बेगमा भन्दा पालिका केन्द्रमा उपयुक्त हुनेभएकाले मौवाफाँटमा बनाउने निर्णय गरे सँगै विवाद सुरु भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । सवैको छलफल र सुझाव अनुसार कार्यपालिकाको वैठकले पालिका केन्द्रमा अस्पताल बनाउन सिफारिस गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरे सँगै बेगबासीले विरोध जनाएपछि फेरी बेगमा नै बनाउन सिफारिस ग¥यो । बेगमा बनाउने सिफारिसको मौवाफाँटवासीले विरोध गरेपछि कुन स्थानमा बनाउने भन्ने गाउँपालिकाले निर्णय गर्न नसक्दा आज भनिएको शिलान्यास कार्यक्रम स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । बेगवासीहरुले अस्पताल बनाउन जग्गाको समेत व्यवस्थापन गरिसकेका छन् ।
यता धौलागिरि गाउँपालिकाले ताकममा रहेको स्वाथ्य चौकीलाई स्तरउन्नती गरेर अस्पताल बनाउन लागेको हो । तर गाउँपालिका केन्द्र मुनामा राख्ने समयमा गाउँसभाले भविष्यमा बन्ने अस्पताल धारापानीमा बनाउने निर्णय गरेकाले सो निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै धारापानीवासीहरुले विरोध गरेका छन् । धारापानीमा अस्पताल बनाउनुपर्ने भन्दै धरापानीवासीहरुले आज आन्दोलन समेत गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा अस्पताल बनाउने भएको छ । अस्पतालको नाममा जग्गा प्राप्त भइनसकेकाले आज गर्ने भनिएको शिलान्यास कार्यक्रम स्थगित हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताउनुभयो । जग्गाको लालपुर्जा प्राप्त भएपछि अस्पताल शिलान्यास गरिने उहाँले बताउनुभयो ।
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...