ताजा समाचार:
Search

मंगलामा १५ शैयाको अस्पताल शिलान्यास

विकल्प न्यूज/बेनी
मंसिर १५ गते । जिल्लाको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पतालको शिलान्यास गर्नुभएको हो । वडा नम्बर ५ अर्मनमा ९ रोपनी जग्गा व्यवस्थापन गरी अस्पताल बनाउन लागिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । सरकारले आजै देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय गरेको थियो ।