बावियाचौरको काफलचौरमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाइते

विकल्प न्यूज/बेनी
मंसिर १४ गते ।  म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको ताराखेतमा बोलेरो दुर्घटनामा एकको मृत्यु र ५ जना घाइते भएका छन्। बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको हो ।

००१च ०२५२ नंको बोलेरो दुर्घटनामा चालक खुमबहादुर कटुवालकी एक छोरीको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको घटनास्थलबाट लक्षमण आचार्यले जानकारी दिए ।

दुर्घटनामा घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा ल्याउँदै गरिएको छ। घटनास्थलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको छ ।

चालक कटुवालले आफ्नै परिवारका पाँच सदस्य सहित एक छिमेकीलाई लिएर घरतर्फ जादै गरेको अवस्थामा काफचौरको माथिल्लो घुम्तीबाट बोलेरो खसेको थियो । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।