ताजा समाचार:
Search

बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

म्याग्दी, १२ मंसिर ।

बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।

हालसम्म एकसय चौतिस जनामा कोरोना पुष्टि मध्ये आठजना सक्रिय संक्रमित रहेको कार्यालयले जानकारी दिएको छ। हालसम्म जिल्लामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ।