ताजा समाचार:
Search

कोरोनाबाट दाजुभाइको मृत्यु

विकल्प न्युज ।

मंसिर १२ गते ।   विराटनगर — मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ ।

लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै मृत्यु भएको हो ।

उक्त अस्पतालमा बिहीबार राति रतुवामाई–१० की महिलाको पनि मृत्यु भएको अस्तालले जनाएको छ ।

शुक्रबारसम्ममा मोरङमा कोरोनाबाट मृत्यु हुनेको सख्या १ सय ९ पुगेको छ ।