पर्वत ।
सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ ।
कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो ।
पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए पनि अहिले अर्थ मन्त्रालयले बजेट स्वीकृति दिएपछि सर्भेक्षण अघि बढेको हो ।
कालीगण्डकी नदीमाथि २०६ मिटरको उचाइको ५१० मिटर लामो पुल बन्ने भएको हो । यसका लागि अघिल्लो आवमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।
महाशाखाका शाखा अधिकृत शशी पौडेलद्वारा जारी पत्रमा कुश्मा–नेपाने कालीगण्डकी मोटरेबल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवेदन दिइएको जनाइएको छ । कार्यालयले गत फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आवको बजेटमा समावेश गरेको पुल निर्माण समितिका अध्यक्ष मेघनाथ शर्माले जानकारी दिए ।
समितिले विसं २०७० देखि हालसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र परराष्ट्र मन्त्रालय एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरी ११ पटक निवेदन दिएको थियो । अन्तिम पटक गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले समेत सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो ।
दुई सय छ मिटरको उचाइ र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुककै नमूना पुल हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए । चालु आवभित्र विस्तृत सर्भेक्षणको सबै काम सम्पन्न गरेर बोलपत्र आह्वान हुुने र अर्को आवको शुरुदेखि नै निर्माण शुरु हुने उहाँले जानकारी दिए ।
पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटवल, भैरहवा, लुम्बिनी हुँदै पोखरा र स्याङ्जासम्मको दूरी घट्ने भएको छ ।
राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसमेत यही पुलले जोडिने भएका छन् भने सडक अभावले लामो समयदेखि अलपत्र बनेको बलेवा विमानस्थलसमेत सञ्चालनमा आउने भएको छ । पुल यस क्षेत्रको पर्यटकीय विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शर्माले बताए । उनकाअनुसार कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने महत्वपूर्ण नाका सो क्षेत्र बन्ने भएको छ । यसले सिङ्गो धौलागिरि क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि एक अर्ब २९ लाख लागत लाग्ने अनुमान गरिएको थियो । अहिलेको अवस्थामा भने लागत बढ्ने देखिएको छ ।
पर्वत र बागलुङ जोड्न यसअघि कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल, निजी क्षेत्रद्वारा यान्त्रिक पुल र बन्जीजम्प गर्ने पुलसमेत सञ्चालनमा आए पनि मोटरेबल पुल निर्माणका लागि दुवै जिल्लाका बासिन्दाले लामो समयदेखि माग गर्दै आएका थिए ।
पुल निर्माणमा सहजीकरण गर्न कुश्मा नगरपालिका निरन्तर लागिरहेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताए । –रासस
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...