ताजा समाचार:
Search

आइतबार देखि बेनी नगरपालिकाका विद्यालयहरु खुल्ने

विकल्प न्यूज/बेनी
मंसिर ११ गते । 

कोरोना भाईरस – कोभिड–१९ को कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय मंसिर १४ गते आइतबार देखी खुल्ने भएका छन् ।
बिहिबार नगरपालिकाको ६१ औँ कार्यपालिकाको बैठकले जनस्वाथ्यका मापदण्डहरु पालना गरि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालय खोल्न अनुमति मागेका थिए । सोही अनुसार नगरपालिकाले खोल्न दिन निर्णय गरेको हो ।

विद्यालयमा जनस्वाथ्यको अक्षरश पालना गर्ने र नगरको पाहिएमा विद्यालय नै जिम्मेवार रहने गरि विद्यालय सञ्चालन गर्न अनुमित दिएको नगरपालिकाले जनाएको छ ।

झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर मात्रै विद्यालय सञ्चालन गरिने छ ।

त्यस्तै जिल्लाको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकामा पनि सुरक्षा मापदण्ड अपनाएर यही आइतबार देखी विद्यालय नियमित रुपमा सञ्चालन भएका छन् ।