संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडैबाट’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
मंसिर ९ गते ।

लोक गायक एबं संचारकर्मी अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो ।

गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार सानु, रिया रोका मगर र प्रबिण को अभिनय रहेको छ ।
म्याग्दीका चर्चित डान्सर, कोरियोग्राफर राजकुमार परियारको निर्देशन रहेको सो भिडियोमा कलाकार सन्तोष परियारको सह निर्देशन रहेको छ ।

किरण फोटोग्राफिका संचालक किरण कार्कीको छायाँकन तथा सम्पादनमा तयार भएको उक्त गीतको भिडियो गायक बिश्वकर्माको आफ्नै युटुव च्यानलबाट सार्बजनिक भएको छ ।

गायक बिश्ककर्माको यस अघि ठाउँ छ मनै खानि, डाँडा पारि मायाको गाउँ छ, पुग्नै पर्ने ठाउँ, बैँश छदा भएन पैसानि लगाएत दर्जनौ गीतहरु प्रस्तुत भैसकेका छन