ताजा समाचार:
Search

मुख्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्ष सँग लगाए मीत

विकल्प न्यूज/बेनी
मंसिर ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् ।

मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए ।

सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका हुन् । ‘‘पहिलादेखिको योजना होइन, हामीलाई थाहा थिएन, हिजो जाँदा अनुहार मिल्ने भनेर टाउको ठोक्काउने काम भयो,’’ पुनले भने । मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अवसरमा एक(अर्काले टीका र माला लगाएर ‘मित’ साइनो जोडिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

उनीहरुले एक– अर्कालाई टोपी लगाइदिएका थिए । मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टीका र माला एकअर्कालाई लगाउनुको साथै केक समेत काटेर खुसीयाली साटासाट गरिएको थियो ।