म्याग्दीका तिन उद्योगी सम्मानित

विकल्प न्यूज/बेनी
मंसिर९गते।  

म्याग्दीका तिनजना उद्योगीहरु सम्मानित भएका छन् । छैटौं राष्ट्रिय उद्योग दिवस २०७७ का अवसरमा घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले औद्योगीक विकासमा योगदान पु¥याएको भन्दै उद्योगीहरुलाई सम्मान गरेको हो ।
बेनीको न्यूरोडमा रहेको धौलागिरि डेरी उद्योगका प्रोपाइटर विरेन्द्र उपाध्याय,रेमण्ड सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रोपाईटर शोभा सेन र गलेश्वर सिस्नु पाउडर एण्ड मसला उद्योगका प्रोपाईटर गंगाकुमारी खत्री सम्मानित हुनुभएको हो ।

सम्मानित उद्योगीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले नगद १० हजार,दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख केसीले उपलब्ध स्रोतसाधनको उपयोग गरेर जिल्लालाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । सम्मान कार्यक्रमले उद्योगीहरुलाई हौसला मिल्ने बताउँदै आगमी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

कार्यक्रममा प्रजिअ अधिकारी,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल,घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लिलाराम गौतमले विचार व्यक्त गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कार्यालयका सुब्बा गोविन्द सुवेदीको स्वागत र तथ्याङ्क साहयक सन्तोष ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।