पर्वतका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

विकल्प न्यूज/बेनी
मंसिर ६ गते । पर्वतका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा ज्यान गएको छ ।  मोदी गाउँपालिका वडा ६ तिलाहारका ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जानकारी दिएको छ । शुक्रबार कोरोना पुष्टि भएका उक्त पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । कोरोनासँगै मृतक बृद्धमा निमोनिया लगायतका समस्या समेत रहेको निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा मृतकको संख्या ३ पुगेको छ ।