ताजा समाचार:
Search

ट्राफिक प्रहरी सहित बेनीमा थप २ जनामा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी
मंसिर ६ गते । म्याग्दीको बेनीमा शनिबार थप २ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोना पुष्टि हुनेमा एकजना जिल्ला ट्राफिक कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हुनुहुन्छ ।

अर्को संक्रमित बेनी नगरपालिका ७ मंगलाघाटकी ४५ वर्षीय महिला हुनुहुन्छ । संक्रमित महिलामा कोरोनाको लक्षण देखिएको र उपचारका लागि बेनी अस्पतालमा आई थप उपचारका लागि पोखरा गएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो ।