अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहका बालबालिकालाई पुस्तक सहयोग

विकल्प न्यूज/बेनी
मंसिर ५ गते ।  

३१ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर बालगृहका बालबालिकाहरुलाई पुस्तक सहयोग गरिएको छ । नेपाल युवा परिषदको बेनपा १० पात्लेखेत च्याप्टरले बालबालिकाका लागि उपयोगी हुने १५ हजार बराबरका पुस्तकहरु सहयोग गरेको हो ।

शुक्रबार बालगृहमा आयोजित कार्यक्रमका विच बालसंगठनका सभापति राजेश शाक्यलाई युवा परिषद पात्लेखेत च्याप्टरका अध्यक्ष सप्नम मल्लले पुस्तकहरु हस्तान्तरण गर्नुभएको ।

बालबालिकाका लागि उपयोगी हुने विभिन्न ज्ञानमुलक पुस्तकहरु सहयोग गरेको मल्लले बताउनुभयो । भोलीका दिनहरुमा पनि बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बालसंगठनका सभापति शाक्यले सवैको साथ र सहयोगले नै बालगृहलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो । बालगृहको क्षमता वृद्धि गरी ५० देख एकसय जना सम्म राख्न मिल्ने भौतिक पूर्वाधार बनाउन आफूले पहल गर्ने बताउनभयो । सप्नम मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य रञ्जना श्रेष्ठले गर्नुभएको थियो । बालगृहमा १३ जना अनाथ बालबालिकाहरु रहेका छन् ।