ताजा समाचार:
Search

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड

विकल्प न्यूज/काठमाण्डौं
मंसिर २ गते ।   फाइल तस्विर 

बुधबारको सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला  नेकपा अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न मंगलबार साँझ शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक सकिएलगत्तै अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

बालुवाटारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले सचिवालय बैठक बसाल्नै चाहेको तर सहमतिमा बैठक बस्न अनुरोधमात्र गरेको बताएका थिए।

बैठकको निर्णयअनुसार सहमतिका लागि केही समय कुर्न तथा सहमतिमै सचिवालय बैठक बोलाउने विषयमा राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच छलफल हुने बुझिएको छ।