ताजा समाचार:
Search

मंगलामा बजार खुल्ला गर्ने निर्णय

विकल्प न्युज/ बेनी

कार्तिक २८ गते । काेराेना संक्रमणकाे जाेखिम बढेकाे भन्दैै  मंगला गाउँपालिकामा एक हप्ता अघि गरिएकाे लकडाउनलाई   खुकुलाे बनाउने निर्णय भएकाे छ ।

शुक्रबार दिउसाे दुई बजे देखि बजार खुलाउने निर्णय भएकाे गाउँपालिकाले जनाएको छ ।

काेराेना राेकथामका लागि  कार्तिक २० गते देखि मंसिर १ गते सम्म गाउँपालिका भित्र लकडाउन गरिएको थियाे ।

काेराेना राेकथाम तथा नियन्त्रण समितिबाट गठित कार्यदलका संयाेजक तथा गाउँपालिका अध्यक्ष सत प्रसाद राेकाकाे अध्यक्षतामा बसेकाे वैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई व्यावसाय खुल्ला गर्ने निर्णय गरेकाे प्रमुख प्रशासकिय अधिकृत मनाेहर ढुङ्गानाले बताउनुभयो ।

वैठकले अन्य बन्दाबन्दीका कार्यक्रमलाई मंसिर १ गते सम्म कायमै राख्ने निर्णय भएकाे उहाँले बताउनुभयाे ।