ताजा समाचार:
Search

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनामा कोरियाली म्याग्देलीले लगानी गर्ने

12231658_1237709449589319_603778314_n
अनन्त गिरी \ दक्षिण कोरिया
कात्तिक २३ गते । जिल्लाको पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरुले लगानी गर्न इच्छा प्रकट गरेका छन् ।
हालैमात्र धौलागिरि हाइड्रो प्रा.लिका अध्यक्ष प्रमोद श्रेष्ठ लगानीका वारेमा यहाँ रहेका नेपालीहरु सँग छलफल गर्न कोरिया आउनुभएको हो । 12208143_1237709079589356_2119757739_n
छलफल कार्यक्रममा जिल्लामा नेपालीहरु समक्ष जलविद्युतको सम्भावना प्रचुर भएकाले त्यसलाई अगाडी बढाउन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको थियो । उहाँले जिल्लामा जलविद्युतको संभावना र चुनौतीका वारेमा जानकारी गराउनुभएको थियो ।
छलफल पछि कोरियामा रहेका नेपालीहरुले जलविद्युतमा लगानी गर्न तयार भएको बताएका थिए । अध्यक्ष प्रमोद श्रेष्ठले जलविद्युत आयोजनाको हालसम्मको प्रगती तथा आगामी दिनमा हुने गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले पश्चिम म्याग्दी जलविद्युतको क्षेत्रमा सम्भावना भएको क्षेत्र भएको र आयोजनालाई निर्धारित समयमै सम्पन्न गरिने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएन आईसीसी सदस्य एवम् म्याग्दी प्रवासी नेपाली संघ आईसीका बरिष्ठ उपाध्यक्ष विनोद कुँवर जिल्लामा लगानी भित्राउन प्रवासी म्याग्देली सक्रिय भएर लाग्ने बताउनुभयो । उहाँले जिल्लामा रोजगारको सृजना भए समृद्ध म्याग्दी बन्ने भरएकाले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्न समेत अनुरोध गर्नुभएको थियो । मोना आईसीका संयुक्त लगानी संयोजक समेत रहेका कुँवरले जलविद्युत, पर्यटन, कृषि जिल्लाको प्रचुर सम्भावनए भएको क्षेत्र भएको समेत बताउनुभयो ।12212412_1237709146256016_241909660_n
कार्यक्रमको अध्यक्षता म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष मुक्त केसी, स्वागत बरिष्ठ उपाध्यक्ष लोकबहादुर बानियाँ, संस्थाको परिचय संरक्षक भरत तुलाचन र सञ्चालन सहसचिव कृष्ण खड्काले गरेका थिए । कार्यक्रममा एनआरएन कारियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली लगाएत विभिन्न जिल्लाबाट कोरियामा पुगेका नेपालीहरुको समेत उपस्थिती रहेको थियो । जिल्लाकै बहुचर्चित आयोजना हो । आयोजनाले बार्षिक ९० करोड रुपैयाँ सम्म आम्दानीको अनुमान गरिएको छ ।
दरबाङ देखि २ किलोमिटर माथी ताकम धारापानी जाने भेदीमा बाँध बाँधेर ५ किमी टनेल हुदै दरबाङ र बावियाचौरको सिमानामा अवस्थित सहश्रधारा रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाईने छ। करिव ४ सय करोडको लागत अनुमान गरिएको जलविद्युतका लागि संस्थापक शेयर खुल्ला गरिएको छ । हरिकृष्ण गौतम र ठाकुरप्रसाद आचार्यको सहयोगमा