म्याग्दी नदीमा वेपत्ता युवाको शब शसस्त्रको गोताखोरले भेटायो

विकल्प न्यूज/बेनी
कार्तिक २६ गते । 

म्याग्दीको मंगला गाउँपालिका ५ स्थित म्याग्दी नदीमा डुबेर वेपत्ता भएका एक युवाको शब शसस्त्रको गोताखोर टोलीले बुधवार विहान भेटाएको छ । पोखराबाट आएको शसस्त्रको गोताखोर टोलीले नदीमा वेपत्ता भएका मंगला ५ टिकाबाङका १६ वर्षीय शंकर विकको शब भेटाएको हो ।

गत सोमबार नदीमा पौडी खेल्ने क्रममा बिक वेपत्ता भएका थिए । स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्दा नभेटाएपछि गोताखोरको सहयोग मागिएको थियो । सशस्त्र प्रहरी वलको गण्डकी प्रदेश स्तरीय बिपद ब्यबस्थापन टिम पोखराको टोलि र सशस्त्र प्रहरी बल आस्रित गुल्म म्याग्दीबाट प्रहरी निरीक्षक मुकुन्द जिसीको कमान्डमा गएको उक्त टोलिले घटना स्थल पुगी खोजी कार्यगरेको थियो । गोताखोरको टोली मंगलबार बेलुका घटनास्थलमा पुगेको र बुधबार विहान करिब १ घण्टाको प्रयासमा बेपत्ता युवाको शब पानीबाट निकालिएको शसस्त्र प्रहरी निरिक्षक जिसीले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयवासीले खोजी गर्दा फेला पार्न नसकेपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत गोताखोर टोली बोलाइएको थियो । गृह मन्त्रालय सँग समन्वय गरी मागाइएको टोलीले नदीमा ड्ुबेको अवस्थामा बेपत्ता युवाको शब फेला परेको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।