ताजा समाचार:
Search

मंगलामा विहिवार राती देखि मंसिर १ सम्म लकडाउन

विकल्प न्यूज/बेनी
कार्तिक २० गते ।  

म्याग्दीको मंगला गाउँपािलकाले कार्तिक २० गते (आज) राती १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कोभिड – १९ रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको विहिवार वसेको वैठकले गाउँपालिकामा कोरोनाको जोखिम वढेको भन्दै लकडाउन (बन्दावन्दी) गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको अध्यक्षतामा वसेको वैठकले छिमेकी स्थानीय तहहरुले कोरोनाको जोखिम बढेको भन्दै लकडाउन गरेका कारण मंगलामा पनि लकडाउन नगर्दा जोखिम बढ्न सक्ने भन्दै लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
लकडाउनका अवधिमा गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक वाहेक सवै सेवा,वैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने सेवा र बजार क्षेत्र पूर्णरुपमा बन्द हुने जनाइएको छ ।

अति आवश्यक खाद्यन्न,दुध,डेरी,फलफुल तथा तरकारी,फ्रेस हाउस विहान ७ देखि १० बजे सम्म खुल्ला हुने विज्ञप्तीमा जनाइएको छ । तिहारका समयमा हुने देउसी भैलो,पिङ,लुडो र तारा खेलहरु लगायत सम्पूर्ण खेलकुद कार्यक्रमहरु बन्द गर्ने निर्णय भएको छ । साथै लकडाउनका अवधिमा कोरोना रोकथाम सम्बन्धि जनचेतनामुलक अभियान सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।